हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 810  पटक पढिएको

पोखरा । सोमबार पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ९एसपी० जीवन श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाइलट रहेका छन् ।

प्याराग्लाइडिङ दुर्घटनाबाट गम्भीर घाइते भएका ३८ वर्षीय राजु गैरे नेपालीको उपचारको क्रममा मृत्यु भएको एसपी श्रेष्ठले जानकारी दिए ।

फिस्टेल प्याराग्लाइडिङका नेपालीको उपचारको लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पु‍र्याउँदा मृत्यु भएको श्रेष्ठले बताए । यस्तै प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको छ ।

प्याराग्लाइडिङ काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ घर भएकी २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घाइते भएको एसपी श्रेष्ठले बताए ।

घाइते श्रेष्ठको मेट्रो अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको एसपी श्रेष्ठले बताए ।

श्रेष्ठको छाती, ढाड, खुट्टा, हातमा चोट लागेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्ड हुनुभन्दा २ किलोमिटर अगाडि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!