बीरेन्द्रकुमार साह

सोमबार, मंसिर ०८, २०७७ || 3023  पटक पढिएको

मोडलिङ्ग क्षेत्रमा आफ्नो करियर बनाउन हरेक दिन नयाँ अनुहारहरुको आगमन भइ रहेको छ । यस क्षेत्रमा आफ्नो भाग्य खोज्न दैनिक सेकडौंको संख्यामा कलाकारहरु प्रवेश गर्छन् । कसैले आकाश चुम्छ भने कसैले निराश भएर रित्तो हात फर्खिनु पर्छ । यसै मध्ये एक हुन् श्रद्धा प्रसाई, जो मोडलिङ्गमै आफ्नो कैरियर बनाउन कम्मर कसेर संघर्ष गरि रहेकी छिन् ।

प्रदेश एकको सुनसरी जिल्लाबाट २ वर्ष अघि देखि यस क्षेत्रमा संघर्ष गरिरहेकी श्रद्धा आफ्नो कार्यकुशलतले एकपछि अर्को खुड्किला पार गर्दै छिन् । २ वर्ष अघि सुनसरीमा आयोजना भएको फेशन शो बाट श्रद्धा मोडलिङ्गमा आफ्नो कैरियर बनाउन कम्मर कसेकी हुन् ।

बाल्यकालमा स्कुलमा योजना हुने बिभिन्न कार्यक्रमहरुमा भाग लिने, टेलिभिजन धेरै हेर्ने, हिरोइनहरुको नक्कल गर्न खोज्ने जस्ता बानीले नै श्रद्धा मोडलिङ्गलाई आफ्नो कैरियर बनाउन पुगेकी हुन् । दुई वर्षे संघर्षपूर्ण यात्रालाई श्राद्धाले यसरी बयान गरिन् “शुरु शुरुमा काम गर्न निकै समस्या भयो । तर, पछि बुझ्दै जाँदा मान्छेहरु संग चिनजान हुँदै जाँदा अहिले धेरै नै सहज भएको छ । यस क्षेत्रमा राम्रो–नराम्रो दुबै खालको अवस्था छ । कता तिर जाने त्यो व्यक्तिको आफ्नो सोंच र व्यवहारमा फरक पर्छ । मलाई भन्नु पर्दा मैले दुबै खालका मन्छे भेटाए । तर, यहाँ को खराब छ र को छैन भन्नु भन्दा पनि आफ्नो नियत के हो त्यसमा भर पर्छ । मैले आफ्नो कार्य र व्यवहारले गर्दा राम्रो संगत पाए, मेरा संगत भएका व्यक्तिहरुले मलाई जहिले पनि हौसला प्रदान गर्नु हुन्छ । वहाँहरुले आफुले जानेका अनुभव गरेका कुराहरु हामीलाई सेयर गर्नु हुन्छ । मोडलिङ्ग क्षेत्रमा टिक्न म कडा भन्दा कडा मेहनत गर्न तयार छु । म अभिनयको लागि पनि आन्तरीक तयारी गरि रहेकी छु । किनकी यो क्षेत्रमा टिक्न अभिनय त अनिवार्य रुपमा सिक्नु नै पर्छ ।

आफ्नो संघर्षको कथा सुनई रहेकी श्रद्धाले कुराकानीको क्रममा हिपमतकर्मी विरेन्द्रकुमार साह संग आफु कसैको प्रेममा न परेकी र राम्रो अफर आए सधैंको लागि विहे गर्ने बताईन् । वहाँले अहिले मेरो विहेको समय पनि होइन यो समय कैरियरमा ध्यन केन्द्रि गर्नु हो, त्यसैले प्रेम वा विवाहको विषयमा धेरै चासो नराखेको बताईन । श्रद्धाले अफुलाई माया गर्ने सम्पूर्ण शुभचिन्तक दर्शकहरुलाई यसरी नै माया गरि दिनुहोला भन्दै धन्यवाद पनि दिईन् ।

तस्बिरहरु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!