हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 1338  पटक पढिएको

विराटनगर/लकडाउनमा सडक, पेटिमा बसेका असहाय, मजदुर वर्गलाई निरन्तर १२० दिन भोको पेट भरेको युवा समुहले जाडोमा समस्यामा रहेकाहरुलाई न्यानो कपडा वितरण गर्दैछन ।

ओसिम आलमको नेतृत्वमा रहेको सो युवा समुहले विराटनगरमा रहेको विराटेश्वर वृद्धाश्रममा न्यानो कपडा वितरण गरेका छन । करिब २०० थान ज्याकेट, सुईटर, शर्ट, पेन्ट, टोपी, लगायतका लुगा वितरण गरको हो ।

यसअघि उक्त समुहले आलमकै संयोजकत्वमा विराटनगरकै मानव सेवा आश्रममा ७६ जना वृद्ध, सडकपेटिमा बस्ने ३०० जना मजदुर तथा दशैअघि १०० जना मजदुरलाई न्यानो कपडा वितरण गरेका थिए । अहिलेसम्म कुल ७०० जनालाई न्यानो लुगा वितरण गरिएको ओसिम आलमले हिपमत डटकमलाई जानकारी दिए ।

बाहिर आउने सकारात्मक प्रतिकृयाले काम गर्न अझ धेरै उत्साह मिलेको छ, बाहिरी मानिसले चिन्ने तरिका फरक भएको छ, धेरै मानिसहरुले विराटनगरको खाना खुवाउने, न्यानो कपडा वितरण गर्ने सदस्य भन्दै राम्रो काम गरीराख्नु भएको सुन्दा खुसी लाग्छु अभियानका नेतृत्वकर्ता आलम बताउँछन् -दल र राजनीति कुरा छोडेर एक अर्काको सहयोग गर्नु नै मानवता हो र यसको लागि म र मेरो समुह सधै सकृय रहने छौुं ।

उहाँले थोरै भए पनि एक अर्कासँग सहकार्य गरी गरीब, असहाय तथा विपन्नहरुलाई सहयोग गर्न सचेत युवाहरुसँग आग्रह समेत गर्नुभयो । उहाँले नेपाल सहित विश्व नै कोभिड १९ सँग लडि रहेको बेला जाडो याममा कोरोना संक्रमण समेत बढ्न सक्ने आशंका भई रहेकोले यसबाट बच्न र बचाउन आवश्वक सावधानीसमेत अपनाउनु पर्ने विषयमा चिन्ता व्यक्त गर्नुभयो ।

अभियान दाताहरुले प्रयोग गर्न नमिल्ने कपडाहरुलाई जम्मा गरी पुन प्रयोग गर्न मिल्ने कपडाहरु धोएर वितरण गरिएको छ । अभियानकै सबै भन्दा कान्छो अभियनता कृष्ण आले मगरले सामाजिक संजालमा राखिएका अभियान्ताहरुको नम्बरमा सम्पर्क गरी दाताहरुले कपडा दिने गर्नुभएको बताउनु भयो । आवश्वयक पर्दा अभियान्ताहरु नै दाताहरुकै घरमै पुगेर कपडा ल्याउने गर्नुभएको छ ।

यो समूह सम्पुर्ण वृद्धआमा, बुवा लगायतको प्रशंशाको पात्र बनेको छ । ति युवाहरुको प्रशंशा सम्पुर्ण क्षेत्रहरुमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!