हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 1568  पटक पढिएको

दमक नगरपालिका- १ का चुडामणि भण्डारीले खुकुरी प्रहार गरी खेतमा काम गर्दै गरेकी श्रीमतीको आइतबार साँझ हत्या गरेका छन् कमल गाउँपालिका- ६ स्थित खेतमा ३७ वर्षीय भण्डारीकी श्रीमती टिकामाया पौडेल काम गरिरहेकी थिइन्। उनीसँगै अर्का पुरुष पनि काम गर्दै थिए। त्यतिबेलै भण्डारीले खुकुरी प्रहारबाट टिकामायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

उनले श्रीमतीसँगै धान उठाउँदै गरेका दमक- २ का प्रकाश चन्द्र दाहाललाई पनि खुकुरी प्रहार गरेका छन्। गम्भीर घाइते दाहालको बिर्तामोडको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रवक्ता थापाले बताए। स्थानीयका अनुसार दाहालले पनि भागेर मात्र ज्यान जोगाउन सफल भएका थिए।

श्रीमतीको हत्यामा संलग्न भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। खुकुरी प्रहार गर्ने भण्डारी केही महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका थिए। उक्त घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए।

https://www.youtube.com/watch?v=8ZyisH4u3Dk&fbclid=IwAR02eC-ER51bFbZ5x6rF5zIUczyTT5do-RZa70FvA4NB5y6-2NOxqCUOgWU

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!