हिपमत डटकम

सोमबार, मंसिर ०८, २०७७ || 1114  पटक पढिएको

नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ ले बृहत चलचित्र सम्बन्धी अन्तरकृया कार्यक्रम गरी आफ्नो आगामी दिनको कार्ययोजना हरु सार्वजनिक गरेको छ । अहिलेको समायामा कोरोनाको कारणले सुस्ताएको चलचित्र उध्योग लाई चलायमान गराउने उदेश्यले आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ आयोजना गर्ने भएको छ । प्रदेश न १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायाकनको लागि एकदमै उपयुक्त स्थान भएकोले यहाँको चलचित्रकर्मिहरुलाई उत्साहित गराउदै प्रदेश न १ को पर्यटकिय स्थानलाई प्रबर्धन गर्ने उदेश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा प्रदेश न १ का चलचित्रकर्मी हरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश १ मा बनेका कथानाक चलचित्रहरु , छोटो चलचित्रहरु लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानाक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधा अन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना रहेको छ । महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान पनि गरिने भएको छ । प्रदेश १ का चलचित्रकर्मी हरुको जानकारी सहित भएको चलचित्र स्मारिका पनि उक्त अवसरमा विमोचन गर्ने अनी चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना रहेको कुरा महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराउनु भयो ।
२०७६ कार्तिक २९ देखी मङ्सिर २ गते सम्म प्रदेश १ सरकारले घोषणा गरेर सम्पूर्ण तयारी पुरा गरेर पनि चलचित्र महोत्सव विविध कारणले गर्न नसकेको उक्त महोत्स्वमा हामी महासंघ का सम्पूर्ण सदस्यहरु जोडीएको कारणले गर्दा अहिले सम्मा हामीलाई त्यो कुराले पिडाबोध भएको हुनाले नै पनि हामीले यो चलचित्र मोहोत्स्व आयोजना गर्न लागेको हौ , चलचित्र महोत्सव सरकारले भन्दा चलचित्रकर्मिहरुले नै गर्ने हो र अब हामी यो महोत्सवलाई प्रत्योक बर्ष आयोजना गरेर निरन्तरता दिने योजना छ रहेको छ भन्ने जानकारी अध्यक्ष प्रधान ले जानकारी गराउनु भयो ।
यसै कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश न १ सँग अहिले सम्म १३ वटा बिभिन्न पेशागत संघ , संस्था आबद्ध रहेको पनि जानकारी महासचिव दिनेश कोईरालाले जानकारी गराउनु भयो । कार्यक्रममा बोल्दै महासंघ का बरिश्ठ सल्लहकार तथा नेपाल चलचित्रकर्मी संघ प्रदेश १ का संयोजक परशुराम चौधरि ज्युले पार्टिगत चलचित्रको संस्था फरक फरक भए पनि नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले कुनै पार्टिको झन्डा नबोकेको र यो स्वतन्त्र चलचित्रकर्मी हरुको महासंघ भएर नै अघी बढनु पर्ने कुरमा जोड दिनु भयो ।
प्रमुख अतिथी बरीश्ठ अग्रज कलाकार पुष्प श्रेष्ठ ज्यु ले प्रदेश १ मा यसरी स्थापना भएको महासंघ मा आफु पनि आबद्ध भएर अघी बढने र अन्य प्रदेश १ का चलचित्रकर्मी हरुपनी यसै महासंघमा आबद्ध भएर नै अघी बढदा राम्रो हुने कुरा ब्यक्त गर्नु भयो ।
निर्माता संघका केन्द्रिय सदस्य ज्योतिराज राई ज्यु ले अहिले प्रदेश १ को महासंघले गरेको चलचित्र को गतिविधि ले नेपाली चलचित्र क्षेत्रमा नै एउटा तरंग पैदा गरेको छ, प्रदेश १ मा भएका सम्पुर्ण चलचित्रकर्मिहरु यस महासंघमा आवद्ध भएर अघि बढन आग्रह गर्नु भयो । यसै कार्यक्रममा नगेन्द्र राइको अध्यक्षतामा निर्त्यकर्मी संघ प्रदेश न १ पनि गठन भएको थियो । १३ समिती रहेको यस निर्त्यकर्मी संघ प्रदेश १ मा अध्यक्ष नगेन्द्र राइ ( सुनसरी) , उपाध्यक्षहरुमा एल सि श्रेष्ठ ( झापा ) , प्रणिता तमाङ ( सुनसरी) , सचिवमा राजा सुब्बा लावती ( मोरङ ), कोषाध्य्क्ष मा अन्जली माझी ( झापा ) , सदस्यहरुमा संकोच प्रधान ( ईलाम ), पेम्बा लामा (ताप्लेजुङ), मिथुन ठाकुर (उदयपुर ) , मनोज राजावन्शी (मोरङ) , बसन्त बस्नेत , कृष्ण ब राइ , सन्तोष मगर , सल्लाहकारहरुमा मणी राइ ( सुनसरी ) , प्रेम सुनाम ( मोरङ) , बालकुमार कटुवाल (झापा) रहनु भएको छ । त्यसैगरी चलचित्र निर्माता लाकमान योन्जन ज्युको संयोजकत्वमा निर्माता संघ प्रदेस १ र चलचित्र निर्माता ,निर्देशक भिम लामा ज्युको संयोजकत्वमा आदिवासी जनजाति चलचित्रकर्मी हरुको संघ स्थापना गर्ने निर्णय पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!