मोरङको सुनवर्षी ५ का ५५ बर्षका पुरुषको कोशी कोभिड १९ उपचार केन्द्र विराटनगरमा आइतबार मृत्यु भएको छ । उनलाई मंसिर ५ गते कोरोना पुष्टि भएपछि सार्स फेर्न समस्या भएपछि ५ गते नै अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको कोभिड उपचार केन्द्र विराटनगरले जनाएको छ । प्रदेश न एक मा कोरोना संक्रमणका कारण पहिलो मृत्यु पनि सुनवर्षी नगरपालिकामा नै भएको थियो।