हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 934  पटक पढिएको

मोरङ । मोरङको उर्लावारी नगरपालिका-६ बाट अबैध हातहतियार र गोली गठ्ठा सहित १ जना पक्राउ परेका छन् । उक्त स्थानमा केही ब्यक्तिहरु हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने बिशेष सूचनाका आधारमा शनिवार दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ बर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो ।

शेर्पाको साथबाट AUTO PISTAL USA लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, बिभिन्न किसिमका कागजपत्र, ३ वटा मोवायल, व्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको थियो । हातहतियार र बिभिन्न दस्तावेज सहित पक्राउ परेका शेर्पा नेपाल कम्युनिष्ट पाटी विप्लव समुहका सेक्सन कमाण्डर रहेको खुल्न आएको तथा हाहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!