हिपमत डटकम

शनिबार, मंसिर ०६, २०७७ || 936  पटक पढिएको

प्रख्यात औषधी निर्माता अमेरिकी कम्पनी फाइजरले आफूले आविष्कार गरेको कोरोना भाइरसबिरुद्धको खोप आपतकालीन प्रयोगमा ल्याउने अनुमतिको लागि अमेरिकी खाद्य तथा औषधी प्रशासन एफडीएसमक्ष शुक्रबार औपचारिक निवेदन पेश गरेको छ । एफडीएले स्वीकृति दिएमा अबको एक महिनामा अर्थात् डिसेम्बरको मध्यदेखि उक्त खोप उच्च जोखिममा परेका कोभिड–१९ संक्रमितहरूको जीवन रक्षाको लागि आपतकालीन प्रयोगमा ल्याउन मिल्ने छ ।

फाइजर र उसको जर्मन साझेदार बायोन्टेकले गत बुधवार आफूले विकास गरेको खोप सुरक्षित रहेको उल्लेख गर्दै ९५ प्रतिशत प्रभावकारी रहेको बताएको थियो । साथै कम्पनीले खोप कोभिड–१९ संक्रमित बृद्धहरूमा समेत प्रभावकारी देखिएको उल्लेख गरेको थियो ।

त्यसैगरी अर्को औषधी उत्पादक कम्पनी फ्रन्ट रनर मोडर्नाले पनि आफूले विकास गरेको कोभिड–१९ बिरुद्धको खोपसमेत ९४ दशमलब ५ प्रतिशत सुरक्षित रहेको दाबी गर्दै आपतकालीन प्रयोगको लागि एफडीएसमक्ष छिट्टै निवेदन पेश गर्ने तरखरमा रहेको बताएको छ ।

यी दुबै समाचारले कोभिड १९ संक्रमणको कारण मानवीय जीवन नै उच्च जोखिममा रहेका अमेरिकीहरूले एफडीएले औपचारिक अनुमति दिनुअघि नै आपतकालीन निकाय र अधिकारीहरूबाट ती खोपको प्रयोग गर्ने अनुमति पाउनसक्ने सम्भावनालाई बढाइदिएको छ ।

यस वर्षको अन्त्यअघि नै करिब २० करोड अमेरिकीहरूलाई खोप दिन मार्ग प्रशस्त हुनेछ ।

दुबै कम्पनीले गत जुलाईमा धेरै जना मानिसमा उक्त खोपको परीक्षण गरेका थिए । अब ती खोपलाई आपतकालिन प्रयोगको लागि अनुमति दिइएको अवस्थामा अमेरिकी संघीय तथा कम्पनीका अधिकारीहरूका अनुसार यस वर्षको अन्त्यअघि नै करिब २० करोड अमेरिकीहरूलाई खोप दिन मार्ग प्रशस्त हुनेछ । तिनमा विशेषगरी उच्च जोखिममा रहेका संक्रमित,स्वास्थ्यकर्मी,चिकित्सक र नर्सिङ्ग होमका कर्मचारीहरू हुनेछन् । आपतकालीन प्रयोगको नतिजा सकारात्मक आएमा सम्भवतः आगामी वर्षको पहिलो त्रय माससम्ममा दुबै कम्पनीले दसौं करोड थान खोप उत्पादन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!