राष्ट्रपतिको पदमा निर्वाचित जो बाइडेनले चुनाव जितेपछि पहिलो पटक हार मान्न अस्विकार गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि निशाना साँधेका छन् । बाइडेनले ट्रम्पलाई इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति बताएका छन् ।
उनले भने, ‘हारिसकेपछि पनि जिद्दी गरिरहेका ट्रम्पले देशको लोकतन्त्रलाई पनि हानी पुर्याइरहेका छन् । ’

यसैबीच जर्जियामा भएको पुनः मतगणनामा पनि बाइडेनले नै जीत हासिल गरेका छन् । एक रिपोर्टका अनुसार बाइडेनले हालसम्म ८ करोड पपुलर भोट अर्थात् जनताको मत पाइसकेका छन् ।

देशबारे गलत संकेत दिइरहेका छन् ट्रम्पः

बिहिबार एक कार्यक्रमको बेला बाइडेनले चुनाव जितेपछि पहिलो पटक ट्रम्पमाथि निशाना साँधे । यद्यपि, यतिबेला पनि बाइडेनले गलत शब्दको प्रयोग भने गरेनन् ।

बाइडेनले भने, ‘हालै जुन चुनाव भयो, त्यसमा अमेरिकी नागरिकले आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेका छन् । ट्रम्पले चुनाव हारिसकेका छन् । तर उनले जस्तो व्यवहार गरिरहेका छन्, त्यसबाट स्पष्ट हुन्छ कि उनी अमेरिकी इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति साबित भइसकेका छन् । एक देशको रुपमा अमेरिकालाई संसारमा गलत सन्देश दिइरहेका छन् ।’

अब के गरिरहेका छन् ट्रम्पः

बाइडेनले प्रश्न गरे, ‘अब राष्ट्रपति के गरिरहेका छन् ? जुन प्रकारले कुरा आइरहेका छन्, त्यसबाट यो स्पष्ट हुन्छ कि उनी जिम्मेवार देखिएका छैनन् । हरेक कुराको केही सिद्धान्त हुन्छ तर उनी जुन काम गरिरहेका छन् वा गर्नेबारे सोचिरहेका छन्, के हामी त्यसलाई सही मान्न सक्छौं । एक लोकतान्त्रिक रुपमा हाम्रो जिम्मेवारी हामी संसारलाई सही सन्देश दिने हाम्रो काम हो । लोकतन्त्र के हो वा कसरी काम गर्छ भनेर बताउने जिम्मेवारी हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!