हिपमत डटकम

शुक्रबार, मंसिर ०५, २०७७ || 617  पटक पढिएको

तारा सुतारिया बलिउडकी सुन्दर, मल्टीट्यालेन्टेड अभिनेत्री हुन् । हिजो बिहिवार अर्थात १९ नोभेम्बरमा उनले आफ्नो २५ औं जन्मदिन मनाएकी छन् । उनले बलिउड डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर २’बाट गरेकी हुन् । डेब्यु फिल्म नै उनले सुपरहिट दिन सफल भइन् ।

तारा बलिउड अभिनेत्रीको अलवा राम्रो गायिका र डान्सर पनि हुन् । उनले क्लासिक, मोडन र ल्याटिन अमेरिकी डान्स लन्डनको रोयल अकादमी डान्सबाट सिकेकी छन् ।

ताराले सातबर्षको उमेरदेखि एक ब्यवसायिक गायिकाको रुपमा समेत काम गर्दै आएकी छिन् । उनले कयौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय सांगीतिक कार्यक्रममा पफमेन्स गरिसकेकी छन् । उनले डिज्नी च्यानलमा भिडियो ज्याकीको रुपमा २०१०मा काम सुरु गरेकी थिइन् । उनको एक जुडुवा बहिनी पनि रहेकी छन् । जसको नाम पिया सुतारिया हो ।

तारा केही अगाडि फिल्म ‘मरजावा’मा देखिएकी थिइन् । उनी पछिल्लो फिल्म ‘तडप’को तयारी छिन् । फिल्ममा उनी सुनिल सेट्टीका छोरा अहानसँग देखिने छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!