हिपमत डटकम
काठमाडौं,माघ-७: विराटनगरस्थित संयुक्त चेकपोष्ट आइसीपीको संयुक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।यसै कार्यक्रम मार्फत मोदीले आफू यसै वर्ष नेपाल आउने कार्यक्रम बनाइरहेको बताए । विराटनगरस्थित संयुक्त चेकपोष्ट आइसीपीको संयुक्त उद्घाटनपछि भिडियो कन्फरेन्समार्फत् सम्बोधनका क्रममा ओलीले मोदीलाई भने, ‘तपाईंलाई नेपाल भ्रमणको निमन्त्रणा गर्दै छिट्टै भेट्ने आशा राखेको छु ।’ जवाफमा मोदीले आफूलाई नेपाल र नेपालीको मायाले खिच्दै ल्याइरहेको र यसै वर्ष भ्रमणको कार्यक्रम बनाउने वचन दिए । ओलीले दुई देशबीच थाती रहेको मुद्दा सुल्झाउने बेला आएको बताए । उनले नेपाल भारत सम्बन्ध अमर रहोस् भन्दै भाषणको अन्त गरेका थिए । मोदीले फेरि भेटौंला भन्दै भाषणको अन्त गरे । शुरुमा नेपाली भाषामा ‘कस्तो छ ?’ भनेर शुरु गरेका उनले अन्तमा नेपाली भाषामै ‘फेरि भेटौंला’ भने ।ओलीले दुई देशबीचको सम्बन्धको चर्चा गर्दै अनेकौं धागोले सम्बन्ध जोडिएको बताए । भारतले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!