मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मालपोत कार्यालय अगाडि देखि मुरारी सोनीको पसल हुँदै वीर वहादुरको घर अगाडि हुलाकी सडकलाई छुने कालोपत्रे सडक निर्माणमा चरम लापरबाही भएको छ ।
नितिका एण्ड राज कन्ट्रक्सन सप्तरीले २०७५ चैत्र १३ गते ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँमा कालोपत्रे गर्ने ठेक्का सम्झौता पाएका थिए । रंगेली नगरपालिका संग भएको सम्झौता अनुसार नितिकाले २०७६ असार २० गते निर्माण सम्पन गर्ने सहमती भएको थियो । समयमा काम नहुने भए पछि विभिन्न कारण देखाउदै बारम्बार समय अबधि थपिए पनि सडक कालोपत्रे हुने सम्पन्न हुन सकेको छैन ।
विभिन्न दबाबको बाबजुद ठेक्केदार कम्पनी नितिकाले कालोेपत्रे गर्ने काम सुरु गरेतापनि लापरबाही रोकिएको छैन । सडकमा रहेको माटोेको मिश्रण नहटाई धुलो र माटोे जमेकैैै ठाउँमा प्राइम कोड लगाएको छ ।
माटोको मिश्रण नहटाई रातिको समयम कालोपत्रे गर्नु भन्दा अगाडि गरिने प्राईम कोड लगाएको स्थानीय किशन सोनिले हिपमत डटकमलाई बताएका छन् । रातिको समयमा धुलो नहटाई प्राईम कोड लगाउँदा सडक कति समय सम्म बलियो र टिकाउ होला सोझै अनुमान लगाउन सकिन्छ ।
धुलो नहटाई प्राइमकोड लगाएको बिषयमा जानकारी लिन ठेक्केदार दिनेश साह संग सम्पर्क गर्दा उनले केही बोल्न चाहेनन् । सडक निर्माणको कुल लागत, ठेक्का पाएको सम्झौता र सम्पन्न हुने समय अबधिको बारेमा जानकारी गराउन सर्वाजनिक रुपमा सुचना पाटि राख्नुपर्ने अनिवार्य भएतापनि सो कम्पनीले सर्वाजनिक रुपमा सुचना पाटि समेत नराखेको स्थानियले बताएका छन् ।
यता रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले सडकमा जमेको माटो र धुल हटाएर पुनः प्राईम कोड नलगाए सम्म अगाडिको काम नगर्ने निर्देशन गरिएको बताएका छन् । वहाँले यस विषयमा सो ठाउँको निरिक्षण गरी वस्तुगत स्थिीतिको जानकारी लिन ईन्जिनियरलाई निर्देशन दिएको बताउनु भयो । मेयर बगडीयाका अनुसार सो सडकको निरिक्षण पश्चात ईन्जिनियरको प्रतिक्रिया अनुरुप सडकमा जमेको माटो र धुल हटाएर पुनः प्राईम कोड नलगाए सम्म सडक निर्माणको काम अगाडि नबढने भएका छन् ।