हिपमत डटकम

बिहिबार, मंसिर ०४, २०७७ || 972  पटक पढिएको

मुख्यमन्त्री लालबाबु राउतले संघ सरकारले प्रदेश सरकारलाई असहयोग गरेको बताएका छन् । आज जनता समाजवादी पार्टी पोखरियाले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै उनले संघ सरकार विकास विरोधी भएको आरोप लगाए ।

उनले पोखरियालाई सेटेलाइट शहर बनाउने बताउँदै पोखरिया अस्पतालको विकासमा सहयोग गर्ने बताए । पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, मन्जुर अन्सारी, मेयर दीपनारायण रौनियारलगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा युएनडिपीले पोखरिया नगरपालिकालाई रु ३७ लाख बराबरको १ थान भेन्टिलेटर र १ थान अक्सिजन कन्सलटेटर मुख्यमन्त्री राउतले मेसु अनिल यादवलाई हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!