हिपमत डटकम

बिहिबार, मंसिर ०४, २०७७ || 1658  पटक पढिएको

शरीरलाई सर–सफाई गर्न र स्वस्थ रहनका लागि नुहाउन जरुरी छ । दैनिक नुहाउने बानी भएका मानिसहरुलाई पनि चिसो मौसममा नुहाउन अत्यास लाग्छ । तर एक दिन बिराएर नुहाउँदा पनि गलत भने हुँदैन । जाडो मौसममा तपाईंको शरीर कपडाले ढाकेको भएका कारण विरलै फोहोर हुन्छ । चिसो मौसममा बढी नै लुगा लगाइने भएकोले प्रदुषणले पनि तपाईंको छालालाई कमै हानी गर्छ । तर चिसो मौसममा नुहाउनुको गलत तरिका तपाईंका लागि भारी पर्नेसक्छ ।

चिसो मौसममा टाउको पहिला नुहाउनुका बेफाइदाः

आयुर्वेदका अनुसार नुहाउने बेला पहिला नै टाउकोमा पानी हाल्नुहुँदैन । शरीरमा पहिला पानी हालेपछि मात्रै टाउकोमा पानी हाल्नुपर्छ । सुरुमा नै टाउकोमा पानी हाल्दा तपाईंको पूरा शरीरबाट टाउकोमा रगत जान्छ जसका कारण तपाईंलाई रिँगटा लागेको महसुस हुनसक्छ । विशेषज्ञका अनुसार रक्त सञ्चार टाउकोबाट खुट्टातर्फ हुने गर्छ । सिधै टाउकोमा चिसो पानी हाल्दा मस्तिष्कको रक्तवाहिका खुम्चन सक्छ र टाउको चिसो हुनसक्छ ।

रक्तसञ्चार माथिबाट तल हुने भएकोले खतरा रहन्छः

तपाईंको यस्तो बानी छ भने तपाईंलाई स्ट्रोकको खतरा रहन्छ । वास्तवमा रक्तसञ्चार माथिबाट तलतिर हुने भएकोले दिमागको नसा फुट्ने वा हृदयरोगको जोखिम बन्न सक्छ । यद्यपि, यो समस्या मुटुरोगीलाई बढी हुन्छ । सामान्य मानिसहरुलाई यो तरिकाले खासै त्यति असर त पार्दैन तर नुहाउनु अघि खुट्टा भिजाउँदा नकारात्मक असर पर्ने सम्भावना निकै कम हुन्छ ।

धेरैले यस्ता कुरा विश्वास गर्न पनि नसक्लान् तर धेरैजसो ब्रेन स्ट्रोक वा हृदयघात बाथरुममा हुन्छन् भन्ने तथ्यलाई अस्विकार भने गर्न सक्दैनौं । त्यसैले नुहाउने तरिकामा परिवर्तन ल्याउन आवश्यक छ । नुहाउनु अघि सबैभन्दा पहिला आफ्नो खुट्टा भिजाउनुहोस् र अन्त्यमा टाउकोमा पानी हालेर खतराको आशंकाबाट बच्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!