हिपमत डटकम

बुधबार, मंसिर ०३, २०७७ || 1471  पटक पढिएको

काठमाडौंमा तेस्रोलिङ्गी निकिशा श्रेष्ठमाथि दुर्व्यवहार भएको घटनामा प्रहरी प्रधान कार्यालय, नक्सालले चासो देखाएको छ ।

सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन गर्न साइबर ब्युरोलाई निर्देशन दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतका अनुसार श्रेष्ठलाई सडकमा अपशब्द बोल्दै गरिएको दुर्व्यवहारको विषयमा गुनासो आएपछि छानबिन थालिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘साइबर ब्युराले यस विषयमा अध्ययन गरिरहेको छ ।’

छानबिनबाट दोषी देखिए दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही हुने भनिएको छ । सामाजिक सञ्जाल युट्युब र फेसबुकमा निकिशाका विभिन्न भिडियोहरु भाइरल छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!