हिपमत डटकम

बुधबार, मंसिर ०३, २०७७ || 749  पटक पढिएको

विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । एवम् पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ट्वीटरमार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे आफ्नै पार्टीबाट प्रश्न उठेको भन्दै ओलीलाई हटाउनैपर्ने बताएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारको नेकपा सचिवालय बैठकमा ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

यस्तै भट्टराईले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरे ।


हाउ यान्छीसँग राति साढे १० बजेसम्म बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री केपी ओली पार्टी र सरकारमाथि आइपरेको संकटका विषयमा परामर्श गर्न राति नै शीतलनिवास पुगेका थिए ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी थिइन् ।

यता पार्टी विवादबारे राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका नेताहरुबीच पटकपटक छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!