हिपमत डटकम

सोमबार, आश्विन २७, २०८२ || 510  पटक पढिएको

पोखरा — मणिपाल शिक्षण अस्पतालका नर्सहरू तलब, जोखिम भत्ता र सम्मानजनक व्यवहारको माग गर्दै दुई सातादेखि आन्दोलनरत छन्।

उनीहरूले १५–२० हजार रुपैयाँ मात्र तलब पाउने, सरकारी मापदण्डअनुसारको सुविधा नपाउने, ओभरटाइम भत्ता र बिदा समेत नपाएको गुनासो गरेका छन्।

नारा लेखिएका प्लेकार्डसहित आन्दोलन गरिरहेका नर्सहरूले पटक–पटक माग राख्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नर्स पूजा फगामीले बिरामीलाई परेको असुविधाप्रति माफी माग्दै, माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताइन्।

अस्पताल स्रोतले भने आर्थिक अवस्था कमजोर भएकाले तत्काल तलब पुनरावलोकन गर्न नसकिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!