हिपमत डटकम

बुधबार, मंसिर ०३, २०७७ || 787  पटक पढिएको

किशोरीलाई म्युजिक भिडियोमा अभिनयको मौका दिनुअघि बलात्कार प्रयास गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्रेको छ ।

सर्लाहीको चन्द्रपुर नगरपालिका–४ घर भइ काठमाडौं बस्दै आएका रविराज साहलाई प्रहरीले काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो । म्युजिक भिडियो बनाउँदै आएका साह जडिबुटी बस्थे ।

जनकपुर बस्ने एक किशोरीलाई उनले ‘म्यूजिक भिडीयोको सुटिङ छ’ भनेर काठमाडौं बोलाए । तर, भिडियोमा खेल्न दिनुअघि रविराजले जडिबुटीस्थित कोठामा लगेर बलात्कारको प्रयास गरेको किशोरीले बताएकी छिन् ।

जडिबुटीबाट साहलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले बताए । बस्नेतले भने, ‘बलात्कार प्रयास मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!