हिपमत डटकम

बुधबार, मंसिर ०३, २०७७ || 772  पटक पढिएको

बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्रि बन्द हुनेछ ।

यो कदम बेलायत सरकारको जलवायु परिवर्तन र परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ जागिर सृजना गर्ने योजना अनुसार उठाइएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ को नाम दिएका छन् । यसको घोषणा बुधबार हुँदैछ ।

पर्यावरण आन्दोलनकारी पेट्रोल र डिजेल कारबारे लिइएको यो निर्णयलाई जलवायु परिवर्तनसँग जुध्ने दिशामा एक ऐतिहासिक मोड बताएका छन् ।

बेलायती सरकारले यो योजनामार्फत् बेलायतले सन् २०५० सम्म देशले कार्बन उत्सर्जन समाप्त गर्ने लक्ष्य हासिल गर्न सहयोग पाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!