हिपमत डटकम

बुधबार, मंसिर ०३, २०७७ || 1041  पटक पढिएको

आमिर खानका भाञ्जा इमरान खानले अभिनय छोडेको उनका साथीले जानकारी दिएका छन् । नायक अक्षय ओबरोयले हालै इमरानले अभिनय छोडेको जानकारी भारतीय मिडियालाई दिएका हुन् । उनले इमरानले अभिनय छोडिसकेकोले अब उनलाई फिल्मको पर्दामा देख्न नसकिने बताए ।

अक्षयले साथी इमरानको तारिफ गर्दै भविष्यमा उनलाई एक लेखक वा निर्देशकको रुपमा देख्न सकिने पनि सम्भावना व्यक्ति गरे । अक्षयले इमरानको सिनेमा बारे बुझाई निकै राम्रो भएको बताए ।

अक्षयले एक वेबसाइटसँगको कुराकानीमा भने, ‘मेरा अति नै प्रिय साथी इमरान खान हुन् जसले अब अभिनय गर्दैनन् किनभने उनले अभिनय छोडिदिएका छन् । इमरान मेरा त्यस्ता साथी हुन् जसलाई म बिहान ४ बजे फोन गरेर पनि कुरा गर्न सक्छु । म र इमरान विगत १८ वर्षदेखि सँगै छौं । हामी दुबैले सँगै अभिनय पढेका थियौं ।’

अक्षयले थपे, ‘इमरानले अभिनय छोडेका त छन् तर मलाई थाहा छ कि उनी राम्रा लेखक र निर्देशक हुनसक्छन् । उनले आफ्नो फिल्म कहिले निर्माण गर्लान् भनेर मलाई थाहा त छैन । तर जब उनले फिल्म बनाउनेछन् तब शानदार बनाउनेछन् किनभने सिनेमाप्रति उनको बुझाई र सोच निकै उच्च छ ।’

स्मरण रहोस्, केही दिन अघि इमरान आफ्नो नीजि जीवनका कारण चर्चामा आएका थिए । इमरान र श्रीमती अवन्तिक अलग हुनचर्चा चलेको थियो । यद्यपि, दुबैले यसबारे केही पनि टिप्पणी भने गरेका छैनन् ।

यस्तै अवन्तिकाकी आमालाई जब यसबारे सोधियो तब उनले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘हामी सबै यो खबर पढिरहेका छौं, तर वास्तविकता यस्तो होइन । केही समस्या पक्कै छन् तर यसलाई सुल्झाउने कोसिस गरिँदैछ ।’

स्मरण रहोस्, इमरान र अवन्तिकाले सन् २०११ मा विवाह गरेका थिए र यी दुईका इमारा नामकी छोरी छन् ।

इमरानले सन् २००८ मा फिल्म ‘जाने तू या जाने ना’ मार्फत् बलिउडमा डेब्यू गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!