हिपमत डटकम

सोमबार, मंसिर ०१, २०७७ || 658  पटक पढिएको

जिल्लास्थित इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकले एकैदिन विभिन्न स्थानबाट नगदसहित २६ जुवाडे पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाका विभिन्न स्थानमा जुवा खेलिरहेका अवस्थामा उनिहरूलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले मेलम्ची नपा वडा नम्बर ८ केउरेनीमा चुलनाथ गिरीको घरमा अवैध रूपमा जुवा कौडा खेलिरहेको अवस्थामा ६ जनालाई १६ थान कौडासहित नगद १ लाख ४ हजार ५ सय पैंतालीस नगद बरामद गरिएको बताए ।

त्यस्तै प्रहरी निरीक्षक तामाङका अनुसार वडा नम्बर ५ सिन्धुकोटमा रहेको हरि भन्ने लोकबहादुर रायमाझीको घरमा कौडा खेलाईरहेको अवस्थामा नगद ३ लाख तेईस हजार ३ सय पैंतालीस नगद सहित २० जना पक्राउ परेका छन् ।

उक्त जुवा घरवाट प्रहरीले १६ थान कौडा, ५ बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका २६ जनाविरुद्ध जुवा ऐन अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!