हिपमत डटकम

सोमबार, मंसिर ०१, २०७७ || 637  पटक पढिएको

बागलुङका विभिन्न स्थानबाट १६ जना जुवाडे पक्राउ गरेका छन् ।

आइतबार राति बागलुङ नगरपालिका–६ भान्सा र सोही वडाको ठूलढुङ्गामा जुवातास खेलिरहेका अवस्थामा नगदसहित उनीहरु पक्राउ परेका हुन् । बागलुङ नगरपालिका–६ ठूलढुङगाका तिलकबहादुर थापाको घरबाट ६७ हजार सात सय नगदसहित आठ जना पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यमबहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दलबहादुर थापा, तीर्थबहादुर थापा र दिलबहादुर छन्त्याल छन् ।

यसैगरी बागलुङ नगरपालिका–६ भान्साका शिव केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेको बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुलबहादुर केसी, मानबहादुर केसी, रामकृष्ण सापकोटा, दिपक सापकोटा, इश्वर केसी, सागर केसी र दिपेश सापकोटा छन् । उनीहरुको साथबाट ८५ हजार ६८० नगदसहित केही थान ताससमेत बरामद गरेको प्रहरी नायव उपरीक्षक रेग्मीले बताए ।

पक्राउ परेका सबैलाई कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!