हिपमत डटकम

आइतबार, कार्तिक ३०, २०७७ || 705  पटक पढिएको

गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ ।

इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजा तर्फबाट इजरायलमा आइतबार बिहान सबेरै दुई ओटा रकेट प्रहार गरिएको छ भनिएको छ । इजरायलको दक्षिणी शहर आसदोद र दक्षिणतर्फकै अर्को शहर सेफला क्षेत्रमा ती दुई ओटा रकेट हानिएको उक्त डिफेन्स फोर्सले आइतबार बिहान ट्वीट गरेर जानकारी दिएको हो ।

सो हमलाको बारेमा विस्तृतमा कुनै पनि जानकारी दिइएको छैन । इजरायलको सो डिफेन्स फोर्स्ले आइतबार बिहान सबेरै सो हवाई आक्रमण भएको तर यसबाट भएको क्षतिको बारेमा भने अहिले नै केही प्राप्त नभएको जनाएको छ । सुरक्षा निकायले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी पनि उक्त ट्वीटमा दिइएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!