आइतबार, कार्तिक ३०, २०७७ || 1149  पटक पढिएको

नेपाल एउटा कृषिप्रधान देश हो। यहाँको मुख्य पेशा कृषि हो। नेपाली किसान संस्कृतिको अद्भुत तथा महत्वपूर्ण पक्ष हो पशुधन- गोवर्धन पूजा। यो हिन्दुहरूको एउटा प्रमुख पर्व हो। कार्तिक शुक्ल प्रतिपदामा मनाइने गोवर्धन पुजा, लक्ष्मी पुजा यानी दियाबातीको दोस्रो स्रध्दा र भक्तिले मनाइन्छ।

हिन्दू पौराणिक कथा अनुसार गोबर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । जन विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे। बज्र क्षेत्रमा पहिले देवाधिदेव इन्द्रदेवलाई पुजिन थियो। वज्र बासी मान्दथे देवराज इन्द्र नै समस्त मानव जाती, प्राणि, जीव- जन्तुलाई जीवन दान दिनुहुन्छ। उनीहरुलाई तृप्त गर्न वर्षा गर्नु हुन्छ। जसले खेति पाती हुन्छ।

वर्षको एक दिन उहाँको पुजा-आजा धुम -धामले गरिन्न थियो। नाना प्रकारको फल- फुल, पकवान, मधुर, मिष्टान व्यजन को भोग लगाइन थियो। यस्तो न गरेको खण्डमा जगत को कल्याण हुन्न भन्ने मान्यता ब्याप्त थियो। यसले गर्दा देवराज इन्द्रमा घमण्ड भयो। तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थे।


अन्तत: भगवान कृष्णले इन्द्रदेवको घमण्ड तोडन, वज्रवासिलाइ सोधे, हे बृज बासी तिमिहरु “यो अन्न्कुटमा इन्द्रको पुजा किन गर्छौ ग्रामबासिको उतर थियो ” देवराज इन्द्र हाम्रोलागी वर्षा गर्नु हुन्छ। हाम्रो खेतमा पानी दिनु हुन्छ।” कृष्णले उनिहरुको भ्रमको निवारण गरे, भने गोवर्धनको पुजा एवं उहाको कृपाले व्रजभुमी धन धान्यले परिपुर्ण रहन्छ। कृष्णले गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखे र सबैजना त्यसै गर्न राजी भए। ततपश्चात गोकुलबासी गोवर्धन पर्वतको पूजा गरे। गोबर्धनको पुजाले इन्द्रदेव रिसाए, क्रोधबस सांवर्त मेघ तथा अन्य मेघलाइ ब्रजमा घन घोर वर्षा गर्ने आदेश दिये।

भयंकर हुरि बतास सगै घन घोर असिना र पानीको वृष्ठी आरम्भ भयो। आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा सर्वत्र त्राही त्राही मचाए। सबै हे कृष्ण, हे कन्हैया भन्नी प्राण रक्षाको लागि गुहार माग्न थाले। भगवान श्रीकृष्णले इन्द्रको चाल भनी तुरुन्त थाहा पाए।

तुरुन्त आफ्नो कान्छी औलाले गोवर्धन पर्वतलाई उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दि सबैको रक्षा गरे। आफ्नो सुदर्शन चक्रले चारैतिरकोपानी सखाइ दिए। सबै ग्वालबाल, गोधन सर सामान सहित गोबर्धन पर्वत तल सुरक्षित भए। इन्द्रलाई वास्तविकता बुझेर, आफ्नो हार मानि इन्द्रले आफ्नो गल्तिको लागि कृष्ण समक्ष क्षमा मागे। कामधेनु गायको दुध र गगाजलले अभिषेक गरे र भगवान कृष्णलाई “गोपाल” भनि आराधना गरे।
श्री कृष्णजीले स्वयं गोबर्धन पर्वतको रुपमा पुन: दूध, दही सहित छ्प्पन भोग लगाइ पुजा आजा गरे। त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यमपञ्चक) को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई पूजा आजा गरिन्छ। त्यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरूको पनि पूजा गर्दछन्।

सुबोध चन्द्र दास ( एस.सी. सुमन) पुर्ब प्राज्ञ नेपाल ललित कला प्रज्ञा प्रतिस्ठान, लोक कला विभाग।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!