हिपमत डटकम
राकेश कर्ण
विराटनगर,६ माघ : सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले स्वस्थ जीवन प्रर्वद्धन अभियानको थालनी गरेको छ ।मन्त्रालयले सुर्तीजन्य पदार्थको नियमन नियन्त्रण गर्न र पोषण युक्त खानाको आवश्यकतालाई प्रोत्साहित गर्दै, जङक फुडलाई निरुत्साहित पार्न उक्त आज सोमबारबाट उक्त अभियानको थालनी गरेको हो । मन्त्रालयले आज विराटनगरस्थित सहिद रंगशालाबाट बृहत्त जनचेतनामुलक र्याली निकाल्दै उक्त अभियानलाई सार्थकता प्रदान गरेको छ । विराटनगरका दर्जनौ निजी तथा सामुदायिक क्याम्पसका विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्पुर्ण सरोकारवाला संघसंस्थाका जनप्रतिनिधिहरुसहित करिब ३ हजारभन्दा बढीको जनसहभागिता रहेको उक्त र्यालीले जिल्ला प्रशासन कार्यालय चौक, गोल्छा चौक, जलजला चौक र महाविर रोड हुँदै पुरै बजार परिक्रमा गरेको छ । र्यालीका क्रममा बिशेष गरी सहभागी विद्यार्थीहरुले स्वस्थ जीवनशैली अपनाऔं क्यान्सर हुनबाट बचौं र बचाऔं, फोक्सो सुरक्षित जीवन सुरक्षित, चुरोट सुर्तीको नशा जीवन दुर्दशा र धुम्रपानको एक खिल्ली क्यान्सरले बनाउँछ बिचल्ली लगायतका नारा घन्काएका थिए । र्याली विराटनगरस्थित जनआन्दोलन चौकमा पुगेर र्याली कोण सभामा परिणत भएको थियो ।

सोही अवसरमा बोल्दै विराटनगरस्थित अरनिको प्लस टु मा कक्षा ११ मा अध्ययन छात्रा जिगिसा पोखरेलले सुर्तीजन्य पदार्थको सेवन परम्परागत रुपमा हुँदै आएको बताईन । उनीले सुर्तीजन्य पदार्थको नियमन नियन्त्रण ऐन २०६७ लाई पुर्ण रुपमा कार्यान्वयन गर्न तथा यसको आयात निर्यात तर्फ बिशेष ध्यान पुर्याउन स्थानीय र प्रदेश सरकारलाई आग्रह गरेकी छन ।

त्यस्तै विराटनगरस्थित पोखरिया मा. वि मा अध्ययनरत छात्र सुवर्ण पोखरेलले एक उदाहरण पेश गर्दै सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुरक्षाकर्मीहरुले कुनै चासो नदेखाएको प्रष्ट पारे । उनले सुर्तीजन्य पदार्थ अन्तर्गतको एउटा चुरोटमा ७ हजार भन्दा बढी हानिकारक केमिकल भएको जानकारी दिँदै मात्रै ७० वटा भन्दा बढी केमिकलले मानव शरीरलाई क्यान्सर रोगको सिकार बनाउन पर्याप्त भएको उल्लेख गरे ।

अभियानलाई सम्बोद्यन गर्नुहुँदै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सरकारले ल्याएको विभिन्न नियम तथा कानुनलाई कार्यान्यनमा ल्याउन तथा यस अभियानलाई सफल बनाउन सबैको साथ र सहयोगको हातेमालोको आवश्यकता रहेको बताउनुभयो । उहाँले यस अभियानको पहिलो चरणमा शिक्षण संस्था र स्वास्थ्य संस्था भएको क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रि वितरणमा पुर्ण रोक लगाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

सोही अवसरमा बोल्नुहुँदै सामाजिक विकास मन्त्री जीवन घिमिरेले यही माघ मसान्त भित्रमा प्रदेश नं. १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिका सँगै मोरङ्गका सबै पालिकामा सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण सम्बन्धी कानुनी व्यवस्थाको पुर्ण परिपालना गराउने निर्णय गरेको बताउनुभयो । उहाँले सामाजिक विकास मन्त्रालयले आगामी चैत्र मसान्तसम्म प्रदेश नं. १ का १४ वटै जिल्लाहरुमा यस अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै गराउँदै २०७७ बैशाख १ मा नयाँ बर्षको अवसर पारेर प्रदेश नं. १ लाई सुर्तीजन्य पदार्थ नियमन नियन्त्रण युक्त प्रदेश घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

विश्वमा धुम्रपान र अन्य सुर्तीजन्य पदार्थको सेवनको कारणले बर्षेनि ६ लाख मानिसको मृत्यु हुने गरेको छ । सरकारले सुर्तीजन्य पदार्थको अवैद्य बिक्रि वितरण र विज्ञापन, प्रचारप्रसार तथा प्रर्वद्धनमा पुर्णतः रोक लगाएपनि यसको नियन्त्रण हुन सकेको छैन । यद्यपि प्रदेश सरकारको यस अभियानले सुर्तीजन्य पदार्थको नियमन नियन्त्रणमा बिशेष टेवा पुर्याउने विश्वास सबै आम जनतामा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!