हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 847  पटक पढिएको

विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहनु भएका उहाँको ८४ बर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहनु भएका उहाँको उपचारकै क्रममा निधन भएको हो । सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिनु भएका खलिफाको निजी टापू नै भएको र विदेशीहरुलाई उहाँले त्यही भेट्ने गर्नुहुन्थ्यो ।

बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उहाँको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।
सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उहाँ पदमै रहन सफल हुनुभएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!