हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 912  पटक पढिएको

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–१ निवासी कलमा पटेलको हत्यामा उनकै पतिको संलग्नता रहेको कलमाका दाजु पुरुषोत्तम पटेलले आरोप लगाएका छन् । हिजो दिउँसो घरमा झुन्डिएको अवस्थामा फेला परेकी कलमाको शव बुझ्न वीरगंज आएका मृतकका दाइ सिंहले कलमाका पति राकेश पटेलले दाइजो नपाएपछि आफनो बहिनीको घाँटी थिचेर हत्या गरी घरमा झुन्डयाएको बताए ।

आज नारायणी अस्पतालमा कलमाको शवको पोस्टमार्टम गरी शव बुझने क्रममा दाजु सिंहले भने तीन महीनाअघि मात्र बहिनीको विवाह राकेशसंग भएको तर राकेशका परिवारजनले मोटरसाइकललगायतको दाइजो माग गरी बहिनीलाई प्रताडित गर्ने गरेको बताए । लकडाउनका कारण आर्थिक अवस्था कमजोर भएकोले छठपछि मोटरसाइकल किनेर दिने आश्वासन दिएपनि बहिनीको हत्या भएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!