आफ्नै श्रीमतीलाई फलामको कुटोले हानेर श्रीमानले हत्या गरेका छन् । घरायसी विवादमा श्रीमती रती सुनारको हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–८ बर्गदीका चक्र बहादुर लुहारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
चक्र बहादुरले रतीलाई घरायसी विवादका कारण फलामको कुटोले टाउकोमा प्रहार गरी घाईते बनाएका थिए । श्रीमतीलाई घाइते बनाएपछि पुगेको ईलाका प्रहरी कार्यालय धनौलीबाट गएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । कुटो प्रहारबाट गम्भीर घाईते भएकी रतीको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।