बिराटनगर ,

आर्थिक अभावले बृहत कृषि क्रान्ति गर्न नपाउदाको शोकलाई शक्तिमा बदली चित्र बनाउन सुरु गरेका गुल्मी इस्मा गाउँपालिका -३ स्थित दर्लामचौरका गोकर्ण नेपालि पछिल्लो समय गुल्मीकै उत्कृष्ट चित्रकारका रूपमा आफ्नो परिचय बनाउनमा ब्यस्त देखिनछन् ।

उमेरले भर्खरै २१ पुगेका उनी चित्रकलाकै माध्यमबाट सामाजिक संजालमा धेरै नै चर्चा बटुलिरहेका छन् । छ २०७२ सालमा एस एल सि परिक्षा पास गरे संगै कृषिमा क्रान्ति गरि धेरै लाई स्वरोजगार बनाउने उद्देश्य लिएर कृषि तथा पशु-सङ्काय अध्यनको लागि बुटवल आएका गोकर्ण विभिन्न समस्यले गर्दा भर्ना भएको कलेज समेत केहि महिनामै छोड्न बाध्य भएका थिए।

दुई बर्षको समय भित्र पटकपटक असहयोगिहरुको सिकार बनेका उनी अन्तत विभिन्न कृषि तथा पशु विद सङ्ग परामर्श लिइ थप अध्यन र आर्थिक पार्जनकालागि देश छोड्न बाध्य भए। देश बाहिर रहदा आफुले स्कुलमा चित्र बनाउदा पाएको प्रसंशा सम्झेर पुर्ण चित्र बनाउन सुरु गरेका ऊनी अहिलेसम्म विभिन्न ४० भन्दा बढी ब्याक्तीहरुको स्केच कोरेका छ्न।

जसमा लोकप्रिय पत्रकार रबि लामिछाने देखी समाज सेवि इसा गुरुङ, Hb ताम्राकार,ज्वला सङ्ग्रउला,अर्जुन भुसाल र गाएक अर्जुन कुबरको समेत उनी चित्र कोरेका छ्न, समाजमा केही योगदान दिएका ब्याक्ति लाई अझै हौसला दिन फृ स्केच बनाउने उनि देश परिवर्तन भएको देख्न चाहेको र आफुले चित्र मात्र बनाएर बसे समाज र देश परिवर्तन नहुने कुरामा ऊनी स्पष्ट रहेको बताए।

यो मुलुकमा धेरै फोहोरीहरु छन् ।भएका थोरै असलहरु लाई पनि धेरै खराबहरुले हिलोमै चोपलिदिन्छन देशको यो राजनीतिक अवस्था र राजनीतिककर्मीहरुको घिनलाग्दो हर्कत देखि म अजित छु सबैकुरा सरकार लाई दोषारोपण गरे जस्तो होला तर दोष नदिइ रहन पनि सक्दिन, आलोचना र गफबाट भन्दा कामबाट परिवर्तन गर्न सकिने बताउने उनि अब लगत्तै देश फर्किएर यान्त्रिककरण सहितको बृहत कृषि क्रान्ति सहित समाजिक कार्यमा लाग्ने उनि बताए गोकर्ण सङ्ग उनका सहकर्मी मित्र सुनिल पौडेल र लक्षमण चालिसे पनि रहेकाले आफुलाइ यी सबैकुरा सम्भाव रहेको उनी बताउछन्। जहा जुन काम गरे पनि चित्रकला लाई सधैं निरंतरता दिने र एक निश्चित उचाइमा पुर्याउने अडान समेत उनले लिए।

यस्ता सीप,क्षयामता र दुरदृष्टी सोचाइ भएका युवा बिदेशीनु देशको लागि दुर्भाग्य हो। यस्ता दक्ष र क्षयामतावन युवाहरूलाई राज्यले स्वादेशमै प्रयोग गर्न सकेको खण्डमा मात्र समृद्ध नेपाल सुखी नेपालीको अवधारणा सफल हुने भएकाले राज्यले यस तर्फ ध्यानाकर्षण जरुरी रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!