मंगलबार, कार्तिक २५, २०७७ || 839  पटक पढिएको

बिराटनगर/लायन्स क्लब अफ हेल्थ प्रोफेसनल द्वारा सुनसरी को गढि गाउँपालिकामा मंगलबार प्याल्जमा तथा रक्तदान कार्यक्रम सप्पन्न गरिएको छ । प्रतिदिन कोरोना संक्रमण बढी रहेको बेला र काेराेना संक्रमित गम्भीर अवस्थाका बिमारीहरुलाई प्रभावकारी मानिएकाे प्लाज्मा थेरापिका लागि सुनसरी जिल्ला को गढि गाउँपालिकामा नेपाल रेडक्रस साेसाईटी सुनसरी को प्रवाधिक सहयोग र गढि गाउँपालिका को विशेष सहयोगमा ७ वटा प्लजमा ब्लड र ३० वटा सामान्य बिरामी लाई आवस्यक ब्लड संकलन गरिएको छ । काेराेना निकाे भएकाे १५ दिन पार गरिसकेका स्वास्थ्य व्यक्तिले ६० दिन पार नगर्दै प्लाज्मा दिन सक्ने र साे प्लाज्मा ६ महिनासम्म प्रयाेग गर्न सकिने भएकाले साे कार्यक्रम अायाेजना गरेकाे कार्यक्रम संयाेजक तथा क्लबका उपाध्यक्ष लायन प्रमाेद चाैधरीले हिपमत डटकमलाई बताए ।
उक्त रक्तदान कार्यक्रममा क्लबका निर्देशक तथा इलाम स्वास्थ्य शाखा प्रमुख बृज कुमार दास द्वारा प्लाज्मा रगत दान गरेर उदघाटन गरिएको थियो ।


प्लाज्मा डाेनेसन संगसंगै काेभिड संक्मण नभएका सर्वसाधारण स्वस्थ्य व्यक्तिहरुले साेहि स्थानमा रक्तदान गरेका थिए । यसले अहिले भई रहेको रगत अभाव को समस्या लाई न्युनिकरण गर्न मद्दत गर्ने र यस क्लबले स्वास्थ्य क्षेत्रमा निकै राम्रो सेवा दिदै अाएकाे कार्यक्रमका प्रमुख अथिति लायन्स अन्तर्राष्ट्रिय मल्टिपल ३२५ नेपालका अध्यक्ष लायन ईन्द्र खत्री राजनले बताए । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष, नेपाल रेडक्रस साेसाईटि सुनसरीका अध्यक्ष उमेश थापा, लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ ए वानका हेल्थ क्याम्प चिफ लायन डा. बालकृष्ण साह, लियाे क्लब बिराटनगर हेल्थ प्राेफेसनलका अध्यक्ष कृष्ण दास लगायत जनप्रतिनिधि, क्लबका सदस्यहरु, समाजिक अभियान्ता भेषराज पोखेरेल, पेरिस सुबेदि लगाएत को उपस्थिति रहेको अाैपचारिक कार्यक्रम क्लबका अध्यक्ष लायन हैदर अलिकाे अध्यक्षतामा भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!