प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालको आर्थिक सहयोग तथा हिपमत मिडिया हाउस प्रा.लि.को आयोजनामा देवानगंज गाउँपालिका–२ की निराशा रौनियारलाई ५० हजार नगद सहयोग प्रदान गरिएको छ ।

वाल्यकालमै आमा बुवा गुमाउनु भएकी फरक क्षमताकी निराशालाई घर बनाउन ५० हजार सहयोग प्रदान गरिएको हो । सोमवार वहाँकै घरमा पुगी हिपमत मिडिया हाउस प्रा. लि.का अध्यक्ष विरेन्द्र कुमार साह, हिपमत डटकमका प्रधान सम्पादक प्रकाश प्रेमी, हिपमत टिभी एचडीका भिडियो एडिटर निशान कडेल (ग्यालेक्स) युवा समाजिक अभियन्ता पेरिस सुवेदी, नागरिक अभियानका जुगेश दास, युवा सदिक अन्सारी तथा निराशकी छिमेकिहरुको बीच सो रकम प्रदान गरिएको हो ।

घर बनाउन यती रकमले मात्र नहुने भएको तत्काल केही रकम खर्च गरी टाटीहरु मर्मत गर्ने र बाँकी रहेको रुपैया बैंकमा जम्म गरी अन्य सहयोगहरु प्रप्त भए पछि एकै चोटि ईटाको घर बनाउने निराशाले आफ्नो भावना व्यक्त गरीन् । वहाँले घर बनाउन सहयोग गर्नु भएकाहरुलाई हृदय देखि नै धन्यवाद दिईन् । निराशाकै इच्छा अनुसार हिपमत टिमले देवानगंजमै रहेको इन्भेष्टमेन्ट बैंकमा खाता खोलाई सो रकम जम्मा गरिएको हो ।

अध्यक्ष रंजित सरदार र सचिव चन्दन सरदारको पहलमा बिदेशमा युवाहरुद्वारा संकलन गरिएको रकम उहाहरुले हिपमत डटकम मार्फत निराशालाई प्रदान गर्नु भएको छ। यसरि सहयोग गर्नेहरुमा रमेश सरदार महोतरी हाल मलेसिया, संजय सरदार मेघवारी सप्तरी हाल मलेसिया, अभिनन्दन सरदार धनपालथान–५ मोरंग, उमेश कुमार सरदार इनरुवा–सुनसरी, अशे सरदार रंगेली मोरंग हाल मलेसिया, सुरज सरदार कटहरी–७ मोरंग हाल मलेसिया, चनरी कुमारी सरदार इनरुवा–१० सुनसरी, जुगल सरदार कटहरी–७ मोरंग हाल मलेसिया, लक्षमण बाँतर सरदार महोतरी हाल मलेसिया, अनित राय यादव खैरा जलेश्वर महोतरी हाल मलेसिया, बिजय महतो धनपालथान–६ मोरंग हाल मलेसिया, संजय सरदार महादेवा–२ सप्तरी हाल मलेसिया, प्रमोद महतो बिराटनगर–१४ हाल मलेसिया, राजेन्द्र सरदार कंचनरुप–६ सप्तरी हाल कतार, पलट सरदार शम्भुनाथ–१० सप्तरी हाल कतार, रंजित सरदार इनरुवा–१० सुनसरी हाल मलेसिया, चन्दन सरदार धनपालथान–५ मोरंग हाल मलेसियाले सो रकम सहयोग गरेको हो ।

प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालका अध्यक्ष रंजित सरदार र सचिव चन्दन सरदारले अगामी दिनमा समेत हामी र हाम्रो संस्थाले निराशा दिदी जस्तै पिडीतहरुलाई सहयोग गर्न तत्पर रहेको हिपमत डटकमलाई जानकारी दिनु भएको छ ।

करिब दुई महिना अगाडी हिमपत डटकम र हिपमत टिभी एच डी मार्फत निरशाको दुखत भिडियो तथा सामाचार संप्रेशन गरिएको थियो । जसको प्रभावले प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्दका युवाहरुले सहयोग उपलब्ध गराएका हुन् । यस अघि जीवन विकास संस्थाले समेत खाद्यन्न उपलब्ध गराएको हो । साथै युवा समाजिक अभियन्ता पेरिस सुवेदीको सहयोगमा १५ हजार बराबरको पसलका समानहरु उपलब्ध गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!