राजन पोखरेल

सोमबार, कार्तिक २४, २०७७ || 1540  पटक पढिएको
फाइल तस्बिर

सुनसरी/सुनसरीको दुहवी नगरपालिका-३ बाट तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा तास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले ७७,७१०।- (सतहतर हजार सात सय दश) नगद र ३ बुङ तास सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दुहवी नगरपालिका-३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ४६ बर्षीय मंगल शाह, ३६ बर्षीय टेक बहादुर गिरी, ३८ बर्षीय आलम अन्सारी, ३४ बर्षीय दिपक अकेला, ५२ बर्षीय मो.मोक्तार, ४५ बर्षीय हजरत मिया र ४४ बर्षीय सन्तोष बराल रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!