हिपमत डटकम

आइतबार, कार्तिक २३, २०७७ || 815  पटक पढिएको

अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई धमाधम बधाई तथा शुभकामना आइरहेको छ ।

विश्वका विभिन्न देशका नेता तथा राष्ट्र प्रमुखहरुले विजयको शुभकामना दिएका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा ‘धाँधली’ भएको र आफूबाट नतिजा ‘खोसिएको’ आरोप लगाए पनि विश्वका नेताहरुले उनीहरुलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।

ट्रम्पले धाँधलीको आरोप लगाए पनि अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जो बाइडेन र कमला ह्यारिसलाई बधाई तथा शुभकामना दिएका छन् । अमेरिकासँग सहकार्यको अपेक्षा रहेको उनले उल्लेख गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै अमेरिकी नागरिकले आफ्नो नेता चुनेको उल्लेख गरेका छन् । उनले सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन् । स्पेनका राष्ट्रपति पेद्रो सान्चेजले पनि दुई नेतालाई शुभकामना दिएका छन् । उनले विश्व सामु रहेका समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन् ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले बाइडेन र ह्यारिसलाई बधाई दिँदै दुई देशबीच रहँदै आएको मित्रवत सम्बन्धलाई थप बिस्तार गर्नका लागि सहकार्यको अपेक्षा रहेको उल्लेख गरेका छन् । यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बधाई तथा शुभकामना दिँदै अमेरिका बेलायतको महत्वपूर्ण सहयात्री रहेको भन्दै जलवायु परिवर्तन तथा सुरक्षासहितका क्षेत्रमा सहकार्य गरि काम गर्ने अपेक्षा गरेका छन् ।

यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बाइडेन र कमला ह्यारिसलाई शुभकामना दिएका छन् । उनले भिन्दाभिन्दै ट्वीट गरेर बाइडेन र ह्यारिसलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै एकताको सन्देशमा काम गर्नु पर्ने उल्लेख गरेकी छन् । बाइडेन र ह्यारिसलाई विश्वका नेता तथा राष्ट्र प्रमुखहरुबाट बधाई तथा शुभकामना आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!