गणेश कुमार ठाकुर

शुक्रबार, कार्तिक २१, २०७७ || 1403  पटक पढिएको

सिरहा । सिरहा नगरपालिकाद्धारा जिल्ला प्रहरी कार्यालय सिरहालाई साईकल सहयोग गरेको छ ।
सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर प्रसाद यादवले जिल्ला प्रहरी कार्यालय सिरहालाई गस्ती गर्न ११ थान साईकल सहयोग गरेको हो । साईकल सहयोग कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल, प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पंजियार, सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव लगायत सहभागि थिए । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत ‘साईकल हस्तान्तरण गरिएको हो । सिरहा नगरपालिकाले शान्ति सुरक्षा कायम राख्न ११ थान साईकल सहयोग गरेको प्रहरी उपरीक्षक पंजियारले बताए ।
प्रहरीलाई साईकल सहयोग गरेपछि प्रजिअ कणेंल, प्रहरी उपरीक्षक पंजियार, मेयर यादव लगायतले साईकल चढेर जिल्ला प्रहरी कार्यालय परिसरमा घुमेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!