सोमबार, माघ ०६, २०७६ || 826  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, ६ माघ:मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले साविकको महिला विकास तथा बालबालिका कार्यालयले वितरण भएका अपाङ्गता परिचयपत्रलाई नयाँ तरिकाले नगरपालिकामार्फत वितरण थालेको छ ।

पछिल्लो पटक भनें साविकको महिला तथा बालबालिका कार्यालयबाट जारी भई नविकरणको १ वर्षे अवधि पुगेका परिचयपत्रलाई नगरमार्फत नयाँ बनाइएको हो । नयाँ परिचयपत्र लिने र साविकको परिचयपत्रलाई नयाँ बनाएको गरी पछिल्लो पटक २७ वटा परिचयपत्र जारी भएको नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनु भयो ।जसमा, नगर अस्पतालका डाक्टर सहितको समितिले छानविन गरी पूर्ण असक्तको रातो परिचयपत्र ९ जनालाई, असक्तको नीलो १५ जनालाई, मध्यम असक्तको पहेंलो २ जनालाई र सामान्यको सेतो १ जनालाई प्रदान भएको छ ।नगर उपप्रमुख यमुना विष्ट वास्तोला संयोजक रहेको अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत गत साउन २७ गतेबाट नगरले परिचयपत्र वितरण थालेको हो । समितिले प्रत्येक महिनाको १५ र ३० गते परिचयपत्र वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!