हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 857  पटक पढिएको

विश्वकै शक्तिशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ र नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

तर त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ । अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्‍याबिट ह्यास सहरमा विल्बर बिस्ट नामको कुकुरले बकाइदा चुनाव जितेर मेयर बनेको हो ।

फ्रेन्च बुलडग नश्लको उक्त कुकुरले जम्मा २२ हजार ९८५ मतमध्ये १३ हजार १४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भयो ।

मेयर पदमा निर्वाचित हुनका लागि विल्बरले प्राप्त गरेको मत त्यहाँको निर्वाचन इतिहासमै अहिलेसम्मकै सर्वाधिक मत रहेको बताइएको छ ।

निर्वाचनमा ज्याक र्‍याबिट नामको कुकुर उसको निकटतम प्रतिद्वन्दी बनेको छ ।

सन् २०१७ देखि उक्त सहरमा ब्रेन्नेथ पाल्ट्रो मेयरको रुपमा कार्यरत रहेको थियो । स्मरणीय त के छ भने निवर्तमान मेयर पाल्ट्रो पनि कुकुर नै हो ।

सहरको राजदूतको रुपमा कार्यरत लेडी स्टोन नामक कुकुरले विल्बर मेयर पदमा निर्वाचित भएको आधिकारिक घोषणा ट्वीटरमा गरको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!