हिपमत डटकम

बिहिबार, कार्तिक २०, २०७७ || 1331  पटक पढिएको

गाईको घिउ हाम्रो शरीरको लागि एक औषधिजस्तै छ । जो हामीलाई धेरै रोगहरुबाट मुक्त गर्छ ।

गाईको घिउ नियमित खाँदा शरीरको तौल स्थिर रहन्छ भने शरीरमा शक्ति पनि बढ्छ ।

यो बाहेक गाईको घिउ मानसिक स्वास्थ्य र छालाको लागि पनि फाइदाजनक हुन्छ ।गाईको घिउमा यस्ता कैयौं माइक्रोन्यूट्रिअन्ट्स हुन्छन्, जसमा क्यान्सरजस्ता रोगहरुसँग लड्ने क्षमता हुन्छ ।
वैज्ञानिकहरु गाईको घिउमा विषहरण गर्नसक्ने क्षमता भएको तत्व हुने बताउँछन् जसले क्यान्सर रोग लाग्नबाट समेत बचाउउँछ ।

त्यस्तै शरीरमा शक्ति बढाउनमा गाईको घिउ निकै लाभकर छ । माइग्रेन (टाउको दुख्ने) रोगका पीडितले यसको नियमित प्रयोग गर्नुपर्छ । साथै यसले रक्तचाप पनि कम गर्छ । यसमा स्थिर संतृप्त बान्डहरु अधिक हुनछन् र जसमा फ्रि रेडीकल्स निस्किने शंका अलि कम हुनछ । घीउाको फ्याक्टीक एसिडलाई शरीर समयमै पाचन गर्छ । जसले पाचन शक्ति स्थिर राख्न सहयोग गर्छ ।

त्यस्तै आँखाको समस्याको कतिपय समस्यामा गाईको घिउको प्रयोग गर्नुले सहयोग पुर्याउँछ । त्रिफला र महसँगै गाईको घिउ मिसाएर खाँदा आँखालाई फाइदा पुग्छ । यसबाहेक खानामा बिहान—बेलुका खादा दिमागको विकास हुन्छ ।गाईको घिउमा सबैखाले पोषक र हाम्रो शरीरका लागि फाइदा गर्ने तत्व पाइने भएकाले गाईको यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

हामी प्राय गाईको दुधबाट बनाइएको घिउ खाइरहेका हुन्छौं । हामी खानाको स्वाद बढाउनको लागी घिउ खाने गर्दछौ तर हामीलाई गाईको घिउले कुनकुन रोगबाट बचाउँछ भन्ने कुरा थाहानहुन सक्छ ।गाईको घिउलाई विभिन्न घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।गाईको घिउले हामीलाई यी विभिन्न रोगहरुबाट बचाउँछबाडुली:लामो समयसम्म बाडुली लागेमा आधा चम्चा गाईको घिउ खानुस् । तत्कालै बाडुली बन्द हुन्छ ।

कपाल झर्ने समस्याबाट धेरै महिलाहरू ग्रसित छन् । यसबाट बच्नका लागि दिनदिनै गाईको घिउ एक चम्चा खाने गर्नुस् ।

एसिडिटीको समस्या भएमा दिनदिनै गाईको घिउ खानुहोस् । एसिडटीका साथसाथै कब्जियतको समस्या पनि भाग्छ ।

कानको जाली बिग्रँदा असाध्यै पीडा हुन्छ र सुन्ने शक्ति पनि कमजोर हुन्छ । तर गाईको घिउका केही थोपा नाकमा दिनदिनै हाल्ने गर्नुभयो भने फाइदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!