हिपमत डटकम
काठमाडौं,माघ-६:सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा निवृत्त हुने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अनिल ठाकुर भने गत २१ पुसमै सेवा निवृत्त भएपछि चार सचिव पद रिक्त हुन लागेको हो । अर्थ मन्त्रालयका सचिव खनाल, गृह मन्त्रालयका सचिव राई र उपराष्ट्रपति कार्यालयका आचार्य २२ माघदेखि सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त हुन लागेका हुन् । उनीहरूको अवकाश सँगसँगै हालका चार जना वरिष्ठ सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । खनाल, राई र आचार्य तीनै जना २०७१ साल २२ माघमा सचिवमा बढुवा भएका थिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!