काठमाडौं । भारतले नेपाल लगायत छिमेकी मुलुकका सेनाका अफिसरलाई आफ्नो नेसनल डिफेन्स कलेजमा थप कोटा दिने घोषणा गरेको छ । वुधबार नयाँ दिल्लीमा संवाददाताहरुसँग कुरा गर्दै रक्षा मन्त्रालयका सचिव अजय कुमारले सन् २०२१ मा १० कोटा वृद्धि गर्ने र सन् २०२२ मा थप १० कोटा वृद्धि गर्ने घोषणा गरेका छन् ।
उनका अनुसार नेपाल, म्यानमार र बंगलादेशले थप कोटा प्राप्त गर्नेछन् । त्यसैगरी भारतले अब ताजकिस्तान, इन्डानेसिया, माल्दिभ्स, उज्बेकिस्तान र फिलिपिन्सका लागि पनि यो कोर्स खुला गर्ने भएको छ ।

भारतको सो कोर्स सन् १९६१ मा २१ सहभागीबाट शुरु भएको हो । अहिले प्रत्येक वर्ष १०० जनालाई सो कोर्स प्रदान गरिन्छ र २५ कोटा विदेशी विद्यार्थीलाई छुट्याइएको छ ।

यो कलेजमा ४७ हप्तासम्म राष्ट्रिय सुरक्षा र रणनीति सम्बन्धी अध्ययन हुन्छ । सेना उच्च अधिकारीसँगै अन्य सामान्य नागरिकले पनि यो कोर्स लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!