हिपमत डटकम
काठमाडौं,माघ-६:वैदेशिक रोजगारलाई व्यवस्थित गराउन सरकारले लागू गरेको मागपत्र अनलाइन प्रमाणीकरण प्रणाली लागू गर्न कतारस्थित नेपाली दूतावासले आनाकानी गरेको पाइएको छ ।सरकारले लागू गरेको नेपाली श्रमिकको प्रमाणित मागपत्रलाई अनलाइन प्रणालीमा अप ग्रेड गर्ने योजनालाई विभिन्न बाहाना देखाएर नेपाली नियोगले आनाकानी गरेका हुन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गराउन नियोगमा प्रमाणित मागपत्र अनलाइन गर्न सबै नियोगलाई पत्राचार गरे पनि दोहास्थित नेपाली दूतावासले भने विभिन्न बाहानामा प्रमाणित मागपत्रलाई अनलाइन गर्न नसकिने जनाउँदै आएको छ ।विभागले विभिन्न चरणमा पत्र पठाएर अनलाइनमा जान सूचना जारी गरेपनि दूतावासले हाल आएर प्रणालीको संचालनका विषयमा जानकारी नआएकोले तत्काल लागू गर्न नसकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!