आइतबार, माघ ०५, २०७६ || 1158  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,५ माघ :पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको आरोपबाट सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलले सफाइ पाएका छन् । चितवन जिल्ला अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई सफाई दिएको हो ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा उनीमाथि दायर मुद्दाको सुनुवाईपछि न्यायाधीश हेमन्त रावलको इजलासलले सफाई दिएको हो । पत्रकार पुडासैनीले चितवनको होटलमा आत्महत्या गर्दा लामिछाने, कँडेल र कार्कीमाथि आत्महत्या गर्न वाध्य पारेको भिडियो तयार पारेका थिए । त्यसैका आधारमा उनीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको थियो ।जिल्ला अदालतबाट सफाई पाएपनि तीनजनामाथि उच्च अदालतमा पुनरावेदनको मुद्दा अगाडि बढ्न सक्छ । मुद्दा अगाडि बढे अन्तिम किनारा लाग्न अझै केही समय लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!