विराटनगर । प्रदेश १ मा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २–२, पाँचथर, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन् ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार १५४ पुगेको छ । प्रदेश १ मा आज १६० जना डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालबाट १६० जना संक्रमण मुक्त भएका हुन ।