सिरहा। जनता समाजवादी पार्टी,नेपालको आयोजनामा दिपावली एवं छठ पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित न्यू खुश्बु होटल एण्ड लजको सभाहलमा ंशुभ दीपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरीएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनता समाजवादी पार्टीका कल्याणपूर नगरपालिकाका नगर अध्यक्ष यूवा नेता प्रदिप साहले शुभ दिपावली,छठ पर्वहरुको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धिरेन्द्र कुमार साह(ललन)को अध्यक्षता भएको कार्यक्रममा अतिथि जनता समाजवादी पार्टीका केन्दीय सदस्य राम कुमार मंडल,रेनु शर्मा,प्रदिप मंडल,चन्द्रश्वर पासमान,विष्णु सह,कल्याणपूर नगरपालिकाका नगर अध्यक्ष यूवा नेता प्रदिप साह, मिर्चैया नगरपालिकाका मेयर प्रत्यसी जमुना यादव, मिर्चैया नगरपालिकाका उप मेयर प्रत्यसी सुनिता महातो, कल्याणपूर नगरपालिका वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र यादब लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन अजय कुमार यादव(सानु)ले गरेका थिए ।