दुई मन्त्रालय अझै मन्त्री विहिन

चार राज्यमन्त्री नियुक्त

आइतबार, माघ ०५, २०७६ || 1062  पटक पढिएको

 

हिपमत डटकम, विराटनगर,५ माघ ः प्रदेश न. १ मा अझै दुई मन्त्रालय फुलमन्त्री विहिन छन । मुख्यमन्त्री शेरधनराईले भौतिक पूर्वाधार,भूमि कृषि तथा सहकारी मन्त्रलयमा फुलमन्त्री नियुक्त गर्न सकिरहेका छैनन । आईतबार मात्रै ४ राज्यमन्त्री नियुक्त गर्न भ्याएका मुख्यमन्त्री राईले पार्टीगत भागवण्डाका कारण फुलमन्त्री नियुक्त गर्न नसकेका हुन । पार्टीमा माधव नेपाल तर्फका मन्त्रीहरु ऋझै नियुक्त हुन बाँकी रहेको स्रोतको दावी छ । मुख्यमन्त्री राईले पार्टीको लाईनलाई चेक–एण्ड व्यालेन्स गर्न दुई मन्त्रालय खाली राखेको स्रोतको भनाई छ । त्यसैले दुबै मन्त्रालय मुख्यमन्त्री राईले आफूसँगै राखेको स्रोतको भनाई छ । मुख्य मन्त्रीले इलामका रामबहादुर मगर , झापाकी जसमाया गजमेर मोरङका विजयकुमार विश्वास,ओखलढुंगाका अम्बिर गुरुङ, लाई राज्यमन्त्री नियुक्त गरे । गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ । प्रदेश १ मा सात वटा मन्त्रालय छन् । नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार सपथ लिएका छन । गत शनिबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!