हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 796  पटक पढिएको

शाहरुख खान बलिउडमा किङ खान उपनामले चिनिन्छन् । २ नोभेम्बरमा यी अभिनेता ५५ वर्षका हुनेछन् । निकै व्यस्त अभिनेता हुनुका बाबजुद पनि आफ्नो परिवारलाई उनी पर्याप्त समय दिन्छन् । फिल्म सुटिङबाहेक उनको बाँकी समय परिवारसँगै बित्छ । शाहरुखले गौरी छिब्बरसँग १९९१ मा विवाह गरेका थिए । उनीहरुको प्रेम र विवाहको कथा पनि निकै रोचक छ ।

पहिलो भेट
१९८४ मा पहिलोपटक यी दुुईको भेट भएको थियो, साथीको जन्मदिनको पार्टीमा । त्यतिबेला शाहरुखको बलिउड करियर नै सुरु भएको थिएन । उनी केवल १८ वर्षका थिए । पार्टीमा गौरी अर्का एक युवकसँग डान्स गरिरहेकी थिइन् । शाहरुखले पनि गौरीसँग डान्स गर्न चाहन्थें, तर गौरीलाई यसमा खासै रुची थिएन । त्यसैले उनले भनिन्, ‘म ब्वाईफ्रेन्डको प्रतिक्षामा छु ।’

गौरीको कुराले शाहरुखलाई झट्का लाग्यो । तर, पछि उनलाई गौरीले झुठ बोलेको थाहा भयो । खासमा गौरीका कोही ब्वाईफ्रेन्ड थिएनन् । यो विषय शाहरुखले एक अन्तर्वार्तामा खुलासा गरेका छन् । एकपटक शाहरुख खानको जन्मदिनमा गौरी उनको घर पुुगेकी थिइन्, तर उनी थोरै समयपछि शाहरुखलाई केही नभनी आफ्ना साथीहरुसँग घुम्न निस्किइन् । यतिबेला शाहरुख निकै निराश भए ।

‘मैले जीवन बिताउन चाहने युवती गौरी नै हुन्’ भनेर उनलाई पहिलोपटक महसुस भयो । गौरी र शाहरुखले विवाहको फैसला लिने भए, तर यो सहज कुरा थिएन । उनीहरुबीच धर्मको पर्खाल थियो । शाहरुख मुस्लिम र गौरी हिन्दू ब्राम्हण परिवारबाट थिइन् । दोस्रो कुरा, यतिबेला शाहरुख बलिउडमा संघर्ष गर्दै थिए । त्यसैले शाहरुखले पहिलोपटक गौरीका आमाबाबुसँग भेट्दा आफु हिन्दू धर्मालम्बी रहेको बताएका थिए । उनले आफ्नो नाम पनि गलत बताएका थिए ।

अन्तत, गौरीका आमाबाबुलाई मनाउन शाहरुख सफल भए र २५ अक्टुुबर १९९१ मा हिन्दू परम्पराअनुसार उनीहरुको विवाह भयो । विवाहको अर्को वर्ष शाहरुख अभिनित पहिलो बलिउड फिल्म ‘दिवाना’ प्रदर्शनमा आयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!