हिपमत डटकम

शनिबार, कार्तिक १५, २०७७ || 1153  पटक पढिएको

अभिनेत्री काजल अग्रवालले आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरिन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् । सामाजिक सञ्जालमा केही दिनदेखि काजलको विवाहले चर्चा पाएको छ । काजल र गौतमको विवाहको पहिलो तस्बिर बाहिरिएको छ । उक्त तस्बिरमा काजलले रातो रङको लहेङ्गा लगाएकी छिन् ।

शिरमा शिटपेटी, कम्मरमा कम्मरबन्द र नेकलेस लगाएकी छिन् । यही महिनाको शुरुवातमा व्यवसायी गौतम किचलुसँग विवाहको बारेमा खुलासा गरेकी छिन् । काजलका मेहेन्दी र ब्याचलर पार्टीको तस्बिरहरु पनि सार्वजनिक भएको थियो । तस्वीर सामाजिक संजालबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!