खबर ठुलो छ

हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।
मेरो एउटा साथीको ब्रेक-अप भयो । केही दिन ऊ निकै तनावमा रह्यो कैयौँ प्रयास गर्दा पनि तनावबाट बाहिर निस्कन नसकेपछि उसले मलाइ सबै कुरा बतायो । त्यसपछि ऊ निकै बेर रोयो । जब सबैकुरा पोखेर आँशु बगायो, तब उसले हलुका महसुस गर्यो र केही दिनमा तनाव मुक्त भयो ।

एकजना महिला हाम्रो शिक्षककहाँ परामर्शको लागि आएकी थिइन् । परामर्शको तीनवटा शत्रमा नै शिक्षकले उनलाई आफ्नो मनको कुरा पोख्न र रुनको लागि समय दिनुभयो । उनी तीन वटा शत्रमा आफ्नो सबै पीडा पखालिने गरि रोइन् । उनलाई पीडाले भित्र भित्रै खाएको थियो । त्यो तीनवटा शत्र सकिएपछि उनले हाम्रो शिक्षकलाई भनिन् , ” धन्यवाद ! मलाई यसरि रुने मौका दिनुभयो ।

अहिले त म आफूलाई बलियो लागिरहेको छ ।” अँध्यारो अनुहार लिएर आएकी उनी मुस्कान सहित बिदा भइन् । त्यसको केही दिनपछि मेरो साथीले सुनायो की उसको स्कुलदेखिको एउटा साथी पनि त्यसरी नै अहिले तनावबाट बाहिर निस्किएको छ ।

आफैले देखेका उदाहरणले गर्दा म पीडामा किन रुनु आवश्यक छ भन्ने कुरा बुझाउन खोजेको हूँ । पीडामा रहेर मनोवैज्ञानिककहाँ आउने व्यक्तिहरुको लागि प्रयोग गरिने पहिलो थेरापी भनेको उनीहरुलाई अपनत्व महसुस गराएर रुन दिनु नै हुन्छ । यहाँ तिमी रुनु नै पर्छ भन्न खोजिएको होइन, तर भावनात्मक रुपमा कसरि स्वस्थ जीवन जिउने भन्ने बहस गर्न खोजिएको हो ।

मानिसको जीवनमा भावानात्माक कुरा अभिन्न पाटो हुन्, चाहे त्यो सुख होस् या दु:ख । हामी ती भावनाबाट भाग्न सक्दैनौं । भावना ती रंगहरु हुन् जसले हाम्रो जीवनलाई फरक फरक रंगले रंगाईरहेका हुन्छन् । तर हामी सकेसम्म सुखका भावनाहरुलाई अंगाल्ने र दु:खका भावनाहरुबाट भाग्ने प्रयास गर्छौं ।

हामी सोंच्छौँ कि, ती पीडा या दुखका भावनाबाट भागेर हामीले खुशीका साथ जीवन जिउन सक्छौं । तर हामीले बेवास्ता गर्दैमा, भाग्न खोज्दैमा हाम्रो मनमष्तिस्कमा भएका ती पीडाका भावना जाँदैनन् ।

कोठा फोहोर भएको छ । त्यो कोठालाई सफा देखाउनको लागि तपाईंले त्यो कोठामा भएको फोहोरलाई ढाकछोप गरिदिनुभयो भने के कोठा सफा हुन्छ ? त्यो फोहोर त्यहीं बसिराख्छ, त्यसले अनावश्यक रुपमा त्यो कोठाको ठाउँ ओगटेको हुन्छ । केही दिनपछि त्यो फोहोर सडेर कोठा गन्हाउने र आफैलाई रोगी बनाउने पनि हुनसक्छ । त्यसैले कोठा सफा गर्नको लागि त्यो फोहोर बाहिर फाल्नु नै पर्छ । हाम्रो दिमाग पनि ठ्याक्कै त्यस्तै हो ।

जसरि कोठा फोहोर भएको छ भन्ने लागेपछि तपाईं त्यो कोठा सफा गर्न थाल्नुहुन्छ, त्यसरी नै सबैभन्दा पहिले यो स्विकार्नुहोस् कि, तपाईं पीडामा हुनुहुन्छ । तपाईंभित्र पीडाका भावनाहरु छन् । अब ती भावनाहरुलाई जबर्जस्ति ढाकछोप गर्ने, कन्ट्रोल गर्ने, भित्र दबाउने नगर्नुहोस् ।

तपाईंका ती पीडाका भावनालाई प्राकृतिक रुपले बाहीर आउन दिनुहोस् । सुरुमा तपाईंले त्यो पीडालाई बुझ्नुहुन्छ, त्यसपछि त्यो पीडा विस्तारै बढ्छ र चरम बिन्दुमा पुग्छ । जब पीडा चरम बिन्दुमा पुग्छ, तब त्यो बाहिर पोखिन थाल्छ । त्यो आफै पोखिन्छ, तर त्यसको लागि तपाईंले ती पीडालाई बुझ्न र समय दिन जरुरि हुन्छ ।

भावनाहरु कठीन हुन्छन् । हरेक व्यक्तिमा भावनाहरु फरक हुन्छन्, तिनले गर्ने असर फरक हुन्छन् र तीबाट निस्कने उपाय पनि फरक हुन्छन् । यो होइन कि, पीडा छ भने अहिले नै रुनुहोस् । तर आफ्नो पीडाबाट नभाग्नुहोस् । त्यसले झन् भयानक मानसिक स्थिति निम्त्याउन सक्छ । साथीलाई आफ्नो कुरा बताउन सकिन्छ भने बताउनुहोस् ।

यदि तपाईंलाई भित्र भित्रै ती भावनाहरुले सताएका छन् र तपाईंले त्यसलाई पोख्ने ठाउँ खोज्नुभएको छ भने मनोवैज्ञानिककहाँ जानुहोस् । तपाईं हरेक दिन तनावमा हुनुहुन्छ भने एकपटक परामर्शको लागि मनोवैज्ञानिककहाँ जानुहोस् । व्यक्ति शारीरिक मात्र होइन, मानसिक तथा भावनात्मक रुपले पनि स्वस्थ हुनु जरुरि छ ।

बिहिबार, कार्तिक १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया