विराटनगर/कोरोना संक्रमितको उपचारमा निजी अस्पतालहरुले मनोमानी रुपमा चर्को शुल्क असुल गर्न थालेको भन्दै नेपाली कांग्रेस विराटनगर महानगर समितिले विरोध जनाएको छ । बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नगर समिति विराटनगरले निजी अस्पतालहरुले सेवाग्राहीहरु माथी गरिरहेको व्यवहार दुःखद भएको बताएको छ ।पत्रकार सम्मेलनमा बोल्दै नगरका कार्यवाहक सभापति अरुण न्यौपानेले सरकारको गैर जिम्मेवारी पनका कारण सर्वसाधरण जनताले उपचार अभावमा अनाहकमै ज्यान गुमाउनुपर्ने दुःखद अवस्था आएको बताए । नियमन अभावका कारण विराटनगरका निजी अस्पतालहरु लुटको धन्दामा लागेको बताए ।

कांग्रेस नगरले विषम परिस्थितिमा जनताको स्वास्थ्य माथिको अधिकारमा खेलवाड गर्ने सवै खाले कार्य रोक्न सरकार संग माग गरेको छ । यस्तै संक्रमित भर्ना हुनु अघि एडभान्स रकम माग गर्ने अस्पतालहरुमाथि कारवाही गरिनुपर्ने, निजी अस्पताल तथा मेडिकल कलेजहरुले असुल्ने गरेको महंगो शुल्क घटाइनुपर्ने र त्यस्ता अस्पताल तथा मेडिकल कलेजहरुमा शिघ्र अनुगमन,निरिक्षणको व्यवस्था गर्नुपर्ने माग उसको छ ।

जनताको मागहरुनै कांग्रेस नगरको माग भएको भन्दै तत्काल सम्बोधन हुने खालका कार्यक्रम ल्याउने तर्फ गम्भीर नभए सरकार विरुद्ध संघर्षका कार्यक्रम अघि बढाइने कांग्रेस नगरले चेतावनी समेत दिएको छ ।

कार्यक्रममा कांग्रेस नगरका उपसभापति प्रविण जोशी,सचिव प्रकाश दाहाल,काग्रेस वडा सभापतिहरु बद्री थापा,बद्री कार्की,रामचन्द्र राजबंशी,केदार घिमिरे,ज्ञानेश्वर नेपाल,श्रवण यादव,नगर सदस्य पुनम सिंह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!