खबर ठुलो छ

सुबोध चन्द्र दास एस सी सुमन

सुबोध चन्द्र दास एस सी सुमन
पुर्ब प्राज्ञ नेपाल ललित कला प्रज्ञा प्रतिस्ठान,

विजया दशमीको पाचै दिन पुर्णिामा को रात आकाशमा पुर्ण चन्द्र, अरिपनले भरी(भराउ मिथिलाको आगन। दशै र कोजाग्रात पुर्णिामाको विशिष्टता पर्व( प्रदेशको रुपमा प्रसिध्द मिथिलामा आ आफ्नो स्थान र सम्मान दिइएको छ। आश्विन शुक्ल प्रतिपदा घट्स्थापना देखि नवमी सम्मको नौ दिनलाई नबरात्राको रुपमा माता दुर्गाको विभिन्न रुपलाइ पुजा आराधना गरिन्छ। तराई मधेसमा के शहर, के गाउँ, ठाउँ(ठाउँमा माटोले कलात्मक देवी प्रतिमा बनाइ रङ(रोङन, सिगार(पटार गरि पुजा(आजा गरिन्छ। विजया दशमीको दिन, शक्ति पिठ र घर(घरमा स्थापित गरियेको जयन्ती९जमरा० बिसर्जन गरि व्राम्हण, गुरुजन, जेष्ठजनको आशिर्वाद लिइ निलकण्ठ ९चरा० को दर्शन गरिन्छ। दशमी को दिनलाई जतरा भनिन्छ। जतरा भनेको शुभसाइतहो। बर्ष सबैको राम्रो बितोस, सुख, शान्ती,समृधि होसभनि आशिष दिएन्छ। देश भरि विजया दशमीको दिन देखि कोजग्रात पुर्णिमा सम्म जेष्ठजनको हात बाट टीका जमरा ग्रहण गर्ने परम्परा रहेको छ। मिथिलान्चलमा नबमी को रात्री माटोले बनाइ पुजन गरियेको प्रतिमा स्थानीय नदिमा सेलाएर दशमीको दिन जयन्ती ग्रहण गरेपछी दसै सकियेको मानिन्छ। पहिले (पहिले मधेसी समुदायमा मात्र ब्राह्मण तथा पुरोहित द्वारा जयन्ती ग्रहण गरिन्थ्यो। अचेल मधेसी समुदायमा पनि जेष्ठ जन,ूआमा बुबा, हजुरआमा, मान्यजन सग टिका ग्रहण गर्ने गरिन्छ। यो सामाजिक तथा सास्कृतिक सद्भावको रुपमा बिस्तार हो।

दशै र कोजाग्रात पुर्णिमा दुबै छुट्टा छुट्टै पर्व हुन। बिजया दशमी को दिन देखि कोजगरा सम्म बिचमा खासै कुनै गतिबिधी हुने गर्दैन। यो बिचको समयलाई सास्कृतिक गतिबिधिको रुपमा सदुपयोग गरेको पाइन्छ। गाउँ बाट बाहिर रहेका युबा बिदामा गाउँ आउँदा नाच गान, नाटक, ड्रामा, सर सफाइ, गोष्ठी आदिमा सलग्न हुने गर्दछ्न। कोजाग्रात पुर्णिामाको महत्व भने विशेषतस् शारदिय पुर्णिामाको आनन्द र उल्लासमा रम्नु( रमाउनु रहेको हुन्छ। यस दिनलाई शरद पूर्णिमा पनि भनिन्छ ।

मिथिलामा आगन देखि पुजाकोठा यानी ूगोसाउनी घर ू सम्म गोबर माटोले आगन लाई लिपि सिन्दुर, पिठारले अरिपन बनाई देवी लक्ष्मीलाई आह्वान गरिन्छ। कोजगरा भनिने कोजाग्रात पुर्णिामालाई धार्मिक दृष्टिले देवी लक्ष्मीको आह्वान रात्रीको रुपमा मनाइन्छ। कोजगरा पर्व शास्त्र अनुसार ूकोजागर्ती महि तलेू मिथिलामा आश्विनी पुर्णिामाको रात्री मनाइन्छ। यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले आजको रात पृथ्वीको भ्रमण गरी ुको जागेको छ रु र कसले के कस्ता आ (आफ्नो आगनको अरिपन सुन्दर छ भनी हेर्न आउछिन्ु। जो जाग्राम बसी महालक्ष्मीको पूजा(आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धन धान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा(आराधना गर्दछन् । यो रात विधि ( पुर्वक लक्ष्मीको पुजा आजा गरि रात भर जाग्राम गरि ज्योत्त्स्नाको आनन्द लिनसकिन्छ। शरद पूर्णिमाको यो रात धेरै मनभावन हुने गर्द्छ। यो समयमा मौसम पनि अनुकुल हुने गर्दछ। गर्मीको अन्त तथा शरद ऋतुको प्रारम्भ हुने भयेकोले न विशेष गर्मी न धेरै चिसो हुनेगर्द छ। शास्त्रमा ऋषि मुनिले यो रात जाग्राम बसि पुर्ण चन्द्रको चन्र्दिकाको आनन्द लिन भनेका छन, किनकी जुन मा अमृत को अंश मानिन्छ।

पुजा पुर्व गरिने तैयारी घरका जेष्ठ महिला सदस्यले गोबर माटोले बिहान लिपीयेको आगनमा भिजाइयेको आरुवा चामललाई सिलैटोमा पिसेर तयार परेको घोलले आगन देखि गोसाइ घरमा भगवतीको पिठ सम्म लामो आकारमा अरिपन लेखिन्छ। यो अरिपन लेखनुमा देवी लक्ष्मी लेखियेको अरिपन हुदै घरमा प्रवेश गर्नु भाव रहेको हुन्छ। तसर्थ यो अरिपनको तलको भागमा कमलको फूल लेखी, फुलको मध्यमा दुईटा पद चिन्ह प्रबेशको भावमा दि लेखिन्छ। त्यस पछि मखानको पातको प्रतिक तीन वटा वृत्त भित्र एक (एक वटा पद चिन्ह अगाडि सम्म घर भित्र प्रबेश गरेको भाव दि लेखिन्छ। बृत्ताकार शून्य भित्र तीन तीन वृत्त लेखिन्छ। लेखिएको मखानको पात जस्को प्रतीकात्मक भाव दुबै तिर सुर्य तथा चन्द्रमण्डल युक्त पृथ्वी रहेको हुन्छ। त्यस पछि अस्ट्द्लमा प्रवेश गरेर साधक तिर फर्केर उभियेको भावले तलतिर फर्केको पद चिन्ह चित्रित गरिन्छ। यी बृतकार मखानको पात देवताको सु(स्वागतको लागि लेखिन्छ। तीन बृत तीन महारात्रिको प्रतीक हो। यो तिनै बृत भित्र तीन तिन वृत्ताकार रेखा परब्रम्ह परमात्माको त्रिशक्तिले युक्त्त सुर्य, चन्द्र तथा पृथ्वी को बोध गराउछ। सन्ध्या, मध्य रात्री तथा प्रभात युक्त महारात्री ,काल रात्री र मोह रात्री को प्रतीक तथा रज,सत्व, तथा तम तीन गुणले युक्त मखान को पातको रुप बनाइएको छ। मखान पातमा हुने गरेको काडा बिन्दु को रुपमा चित्राकित गरिन्छ जो सृष्टिको रुप अथवा तारा मण्डलको सकेत गदर्छ। यिनै पात को चारै तिर सात(सात गोलो बृत माथिको प्रकाश कण रुपि बिन्दु बाट घेरिएको सात दिवश निशा बोधक वा सृष्टिको बिन्दुले घेरिएको सप्त द्विप तथा काडा युक्त मखानको फल प्रतिक बनाइयेको तथा मखान पातको काडा पापको सिकेत गर्द्छ। पातको बिच भागमाअकित पद चिन्ह सुर्य , चन्द्र, तथा पृथ्वीको आत्माको रुप महारात्री को भगवती को प्रतीक पात मा प्राणको रुप दिइन्छ। पातमाअन्कित पद चिन्हको पाचौं अगुला पन्च तत्वको प्रतीक बनाइन्छ। मखानको फलको मध्यमा सिन्दुर को रातो बिन्दु प्रकृतिको शक्तिको रुप मा मखान फल को भित्री भागमा रहने मखान को फल को रुप मा बनाइयेको छ।

पुर्णिामाको रात जस्तो जिवनको दिन ब्यतित होस जसले पृथ्वीमा नवद्विप रुपि गृहस्थास्रम को सृष्टिमा कमलको रुप सुन्दर, सुबाहु तथा सुदबुधी युक्त सन्तान को प्राप्ती गरि जीवनमा जुनकिरी रुपि रात दिनको माया रुपि अध्यारोको बिच चमकिलो तारको जस्तो प्रकाश प्राप्त गरुन जसले आफ्नो आत्माको शान्ती मिलोस काडा रुपि पापले भरियेको पृथ्वीमा भगवतीको अराधना गरि आत्मशक्ति को द्वारा सुर्य जस्तो तेज, चन्द्रमा जस्तो गोलाकार , शून्य रुपि परमेश्वरमा लिन भै काडा युक्त पथमा यानी जीवनको कठिन समयमा पनि मुक्ती रुपि फल प्राप्त गरुन ,जस्ले पन्चतत्व बाट बनेका यो मानव शरीरभित्रको प्राण निश्चिन्त भै अमरत्व प्राप्त गरोस। यिनै सबै उधेश्य ले मिथिलामा महिलाको द्वारा मैथिल शैलीमा अरिपन चित्र लेखन प्रथा चल्दै आयेको छ।

कडेदार फल मखान खादा स्वादिष्ट हुन्छ। यसलाई त्रिगुणि मान्निन्छ किनकी मखान फलको बाहरी रातो भाग ब्रम्हाको प्रतिक, त्यस भित्रको कडा कलो रगको कलो भाग शालिग्रामको रुप भगवान बिष्णु को बोध गराउछ। मखान फलको तेस्रो तथा अन्तिम सेतो भाग महादेवको रग को बोध गराउछ। यिनै कारणले गर्दाअतिथी रुपि देवी लक्ष्मीको आगमनको समय मखानको पात जसबाट मखान को उत्पती हुन्छ, मखान को फल सग प्रतीकात्मक देव आगमनको मार्गमा उनको स्वागतार्थ अरिपन लेखिन्छ, जसमा आफ्नो हृदय अर्पण गरिन्छ। राम्रो फल प्राप्तिको कामना सगै मखान प्रसादको रुपमा अर्पण गरि देवि लक्ष्मी प्रशन्न भै धन, धान्य, मान सम्मान तथा समृधि प्रदान गरून् रहेको हुन्छ।

यस पर्वले धार्मिकता भन्दा शारदिय सन्ध्याको आनन्दलाइ बढी प्राथमिकता दिएको छ। कोजाग्रत पूर्णिमाको दिन मिथिलान्चलमा पान, मखान र मघुर मिष्ठानको वर्षा गर्ने चलन छ। यस पर्वमा खास गरेर नवविवाहितको घरमा ससुरालीबाट पान मखान सहितको पाहुर जाने गर्छ। नवविवाहित पुरुषको घरमा यसको आयोजना हुन्छ। ससुराली बाट आएको च्युरा, दहि, पान, मखान, मधुर, मिष्ठान कुटुम्ब तथा छरछिमेकमा बाडने चलन छ। हसि मजा हुन्छ। आजकै दिनदेखी पच्चिसी ९ कैडा० खेल्न शुरु हुन्छ। नव बिवाहित दुल्हा( दुल्हिन साला र भिनाजु बीचको पासा खेल अतिनै रोमान्चक हुन्छ। साझपख कोजगरा मनाइ युबकको घरमा भोजको आयोजना पनि गरिन्छ। भोज समाप्ति पछि गाउँ भरी का मानिसलाई मखान, पान, मिठाई बाड्ने गरिन्छ। शारदिय सन्ध्यामा नव विवाहित बेहुला ( बेहुलीलाई महुअक अरिपन लेखी सगै रखी आमन्त्रित पुरुषहरुले दुर्बाक्षत९ दुबो र धान० दि आशिर्वाद दिने गर्छ्न र महिलाहरु ले चुमाएर आशिर्वाद दिन्छ्न। नवविवाहित दम्पती प्रती गरिने विधिबिधान तथा गाउँ भरिक मानिस एकाठाउमा भेला हसि( मजाक भइ पान(मखानको रसास्वादन गर्दाको क्षण रोमान्चक हुने गर्दछ।

कोजगरा पर्वको यथावत पक्षहरुमाथी बिचार गर्दा यसले मखानलाइ विशेष महत्व दियेको छ। प्रतीकात्मक रुपमा आगनमा लेखिने आरिपन, देवी लक्ष्मीलाई चढाइने प्रसाद र गाउँ भरी बाडिन पान मखान। देवताको स्वागत को लागि उहाँको बाटोमा काडा युक्त जल मा उत्पन्न हुने मखानको पानलाई चित्राणकित गर्नुको तात्पर्य यो छ कि मखान, चतुर्मास्या जो धर्म मासको नामले प्रशिध्द छ। मखान पानी भित्र उत्पन्न हुने मिथिलाको उत्तम बर्षको पहिलो फल हो। यो मिथिलाको बिशेष उपज हो। भनाइ छ मखान स्वर्गमा पनि पाइन्न। मखान स्वर्गवासि पितृलाई श्राध्द, पार्वण जस्ता कर्ममा मखानको अनिवार्यता मानीन्छ। मखान मिथिलाको मौलिक उत्पादन हो। यस क्षेत्रमा पोखरी को संख्या धेरै भएकोले मखानको खेती आत्यधिक मात्रा मा हुने गरेको छ। त्यस्तै पोखरिका छेउछाउका सोपिला ठाँउहरुमा पानको उत्पादन हुने गर्द छ।

पान संस्कृत भाषाको ुपर्नु शब्दबाट आएको हो जसको अर्थ हुन्छ ुपात अथवा प्वाँखु। मैथिली सांस्कृतिक दृष्टि ले तांबूल ९पान० को स्थान अत्यंत महत्वपूर्ण छ।यहाँको प्रत्येक पुजामा धूप, दीप, नैवेद्य सग आराध्य देवलाई तांबूल ९पान०चढाइन्छ। शृंगार र प्रसाधनको पनि अत्यावश्यक अंग हो। सग सगै विलासक्रीड़ाको पनि अंग रहेको छ। मुखशुद्धिको साधनको रुपमा प्रयोग गरिन्छ। पान लाई बिशेष औषधीय गुणले संपन्न मानिन्छ। संस्कृत सूक्तिमा तांबूलको गुणवर्णनमा भनिएको छ वह वातध्न, कृमिनाशक, कफदोषदूरक, ९मुख दुर्गन्ध० दुर्गंध को नाशकर्ता हो। जसले र्धर्य उत्साह, वचनपटुता र कांतिको वर्धक हो। सुश्रुत संहिताको समान आयुर्वेदको प्राचीन ग्रंथमा पनि औषधीय द्रव्यगुणको महिमा वर्णित छ। आयुर्वेदिक चिकित्सक द्वारा विभिन्न रोगमा औषधिको रूपमा पानको रसको प्रयोग गर्ने गर्छ्न।
पान खाने नेपाल,भारत लगायत दक्षिण(पूर्व एसियाको परम्परा रहेको छ । पान को पातमा चूना, कत्था, सुपारी को टुकडा, सौंफ एवं अन्य विभिन्न प्रकारका सुगन्धित मसला आदि हालेर खाने चलन रहेको छ। साधारणतया पान मुखमा राखेर चपाउँदै रसखाने अथवा थुक्ने गरिन्छ भने अन्त्यमा पुरै निल्ने वा थुक्ने गरिन्छ । पान विभिन्न तरिकाले तयार गरिने गरिन्छ।

कोजगरामा मखान सगै पानको स्थान आउँछ। पानले मुखको शोभा बढाउछ। मिथिलामा नवविवहित सुत्ने कोठामा कोहबर लेखनमा पान को घर लेखने परम्परा रहेको छ। जसले बातावरणलाई शुध्द बनाउछ। पानले यौन शक्ति बढाउछ। पुराण, संस्कृत साहित्यको ग्रंथहरुमा तांबूलको वर्णन व्यापक पाइन्छ िशाक्त तंत्रों ९संगमतंत्र(कालीखंड० मा यसलाई सिद्धिप्राप्ति को सहायक नै भनिएको छौन, यो पनि भनियेको छ कि ूजसमा तांबूल(चर्वण र दीक्षामा गुरुलाई समर्पण नगरे बिना सिद्धि प्राप्त हुन्नू। पान यश, धर्म, ऐश्वर्य, श्रीवैराग्य र मुक्ति को पनि साधक भनियेको छ।

बिहिबार, कार्तिक १३, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबरहरु
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया