चैत्रदेखि बन्द रहेका वीरगञ्जका विद्यालयहरू आजबाट खुलेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठन पाठन सञ्चालन गर्न स्थानिय प्रशासन र महानगरपालिकाले निर्देशन दिएपछि विद्यालयहरू खुलेका हुन् ।
अहिले प्रथम चरणमा कक्षा ८,९ र १० का कक्षाहरू मात्र सञ्चालनमा आएपनि क्रमश अन्य कक्षाहरू समेत खुल्दै जाने छन् ।
विद्यालय सञ्चालन गर्दा विद्यालयहरुले अनिवार्य रूपमा मास्क, पञ्जा, सेनिटाइजर र साबुनपानीले हाथ धुने व्यवस्थापन गर्नुपर्ने छ ।